सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भक्तपुर जिल्ला फुटबल संघ विघटन, हेक्काको अध्यक्षतामा तदर्थ समिति

भक्तपुर जिल्ला फुटबल संघ विघटन, हेक्काको अध्यक्षतामा तदर्थ समिति

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भक्तपुर जिल्ला फुटबल संघ विघटन गरेकाे छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले भक्तपुर जिल्ला फुटबल संघ विघटन गरेकाे छ। सातदोबाटोस्थित एन्फा भवनमा मंगलबार बसेको बैठकले संघ विघटन गरी किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो।

छानबिन गर्न गठित समितिको सिफारिसमा भक्तपुर जिल्ला संघमाथि कारबाही गरिएको एन्फाले जनाएको छ।

छानबिन समितिको प्रतिवेदनमा जिल्ला संघले एन्फाको निर्देशन र कानुन उल्लंघन गरेको, अवैधानिक रुपमा लिग सञ्चालन गरेको, क्लब दर्ताका आधार पूरा नगरी जिल्ला संघको गतिविधि सञ्चालन गरेको भन्दै कारबाहीको सिफारिस गरेको बताइएको छ।

एन्फाको निर्णयमा भनिएको छ, ‘संघको विधानको धारा १४ को उपधारा १को (क) र (ट) तथा धारा २१ को उपधारा ३ विपरीत गतिविधि गरेको पाइएकाले विधानको धारा ५४ अनुसार एन्फा सदस्य भक्तपुर जिल्ला फुटबल संघको कार्य समितिलाई प्रतिस्थापन गरी सोको स्थानमा तदर्थ समिति गठन गरिएकाे छ।’

हेक्काको अध्यक्षतामा गठित भक्तपुर फुटबल संघको तदर्थ समितिकाे उपाध्यक्षद्वयमा अनिल हेक्का र विकास थापा छन्। यस्तै सदस्यहरुमा प्रवीण लाखेमरु, राजेश श्रेष्ठ, रोशन श्रेष्ठ, हरिकृष्ण सहकल, रामकुमार लोहला, रुपेश धौबन्जार, सुरेन्द्र भाषिमा, सुरेन्द्र प्रजापति, कृष्णचन्द्र चक्रधर र सुमन थापा छन्।

एन्फाले कास्की फुटबल संघका अध्यक्षमाथि छानबिन गर्न गठित छानबिन समितिमा वीरबहादुर खड्कालाई मनोनयन गरेको छ। रत्नकुमार श्रेष्ठले व्यक्तिगत कारण देखाउँदै सो पदवाट राजीनामा दिएपछि खड्कालाई नियुक्त गरिएको हाे।

प्रकाशित: Jun 16, 2020| 22:05 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।