काठमाडौं। नेपालका चर्चित एमएमए फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी सिजन ५ को बान्टामवेटतर्फ फाइनलमा पुगेका छन्।
चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा ढाँटले न्युजील्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गरेका हुन्।
अब फाइनलमा रविन्द्रले जापानका फाइटर रोयो ताजिमासँग भिड्ने छन्। अब फाइनलमा जित हात पारेमा उनी नेपालको पहिलो यूएफसी फाइटर बन्नेछन्।
