काठमाडौं- रसुवाको भोटेकोसी नदीमा पानी बहाव बढेको छ।
बाढी पूर्वानुमान महाशाखाले हाल बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको जानकारी दिदै त्रिशूली नदीतटीय क्षेत्र (मुग्लिनसम्म) उच्च सतर्कता अपनाउनआग्रह गरेको छ।
महाशाखाले भनेको छ- 'भदौ १२, दिउँसो १२: ३१ बजे। भोटेकोसी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याफ्रुबेँसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ।'
शुक्रबार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक पहिरोका कारण बनेको ठूलो अस्थायी ताल फुटेर फेरी बाढी आएको हो।
