शनिबार, चैत ७, २०८२

प्रिमियर लिग : प्रभावशाली लिभरपुल, कमजोर म्यान्चेस्टर

गत वर्षको च्याम्पियन्स लिग उपविजेतालाई यो वर्ष युरोपा लिगमा स्थान बनाउन ठूलै संघर्ष गर्नुपर्ने देखिएको छ। त्यसैले यो सिजनको ईपीएल अंक तालिका चाखलाग्दो छ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

युरोपका पाँच शीर्ष लिगमध्ये फ्रान्सेली लिग वान रद्द भइसकेको छ। जर्मनको बुन्डेसलिगा र स्पोनिस ला लिगा भने बन्द रंगशालामा सुरु भइसकेका छन्। त्यहाँ स्वास्थ्य सम्बन्धी कडा नियम ल्याइएका छन्। मैदानमा थुक्नसमेत प्रतिबन्ध छ।

National life

तमाम बाधाका बाबजुद खेल हुँदै गर्दा बुन्डेसलिगामा दुई खेल अगावै बायर्न म्युनिखले उपाधि जितिसकेको छ।

अब अर्को शीर्ष लिगको रुपमा आजबाट इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ। इंग्ल्यान्डमा फुटबलको क्रेज धेरै रहेको, यसले हजारौँ मानिसलाई रोजगारी दिएको र फुटबलबाट धेरै कर प्राप्त हुने भएका करण त्यहाँको सरकारले फुटबललाई राम्रो उद्योगको रुपमा हेर्ने गरेको छ।

इंग्ल्यान्डमा मार्च १३ यता फुटबलका कुनै खेल भएका छैनन्, मैत्रीपूर्ण बाहेक। खेलको त्यति मान्यता पनि हुँदैन। तर, आज रातिबाट भने प्रतियोगिताका औपचारिक खेल सुरु हुँदैछन्। यसले इंग्ल्यान्डमा छुट्टै ‘चार्म’ दिने युरोपियन मिडियाले दाबी गरेका छन्।

आजबाट सुरु हुने लिगको पहिलो खेलमा एस्टोन भिल्लाले सेफिल्ड युनाइटेडसँग खेल्नेछ। यो खेल नेपाली समयअनुसार राति पौने ११ बजे सुरु हुनेछ भने आज राति नै हुने अर्को खेलमा म्यान्चेस्टर सिटीले आर्सनलको सामना गर्नेछ। सो खेल नेपाली समय अुनसार राति १ बजे सुरु हुँदैछ।

Laxmi sunrise bank
kumari

प्रभावशाली लिभरपुल

त्यसो त प्रशिक्षक योर्गेन क्लोपको असफलताका कथा धेरै छैनन्। उनी जुल क्लबमा रहे, सफल नै भए। एसभी ग्लाटनबाट डर्टमन्ड हुँदै लिभरपुल पुगेका उनले जीवनमा धेरै सफलता देखेका छन्। त्यसको उपज हो, गत वर्षको च्याम्पियन्स लिग र क्लब विश्वकप। दुवैमा लिभरपुल च्याम्पियन बन्यो।

यो वर्ष वाटफोर्डसँग नहारेको भए उनको क्लब लिगमा अपराजित नै थियो। दुर्भाग्यवश ! वाटफोर्डसँग पराजित भयो। वाटफोर्डकै मैदानमा भएको पहिलो लेगको खेलमा उसले ३-० को हार बेहोरेको थियो। त्यसपछि उसको अविजित यात्रामा धक्का लागेको थियो।

लिभरपुल दोस्रो स्थानको म्यान्चेस्टर सिटीभन्दा २५ अंकले अगाडि छ। उसले अब दुई खेलमा मात्र जित निकालेको खण्डमा लिगको उपाधि उसको हातमा छ। तर आज रातिको खेलमा म्यान्चेस्टर सिटीले हार बेहोरेको खण्डमा लिभरपुललाई उपाधिका लागि एक जित मात्र आवश्यक देखिने छ।

अंक तालिका

लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा छ। उसको ८२ अंक छ। साविक विजेतासमेत रहेको म्याचेस्टर सिटी ५७ अंकका साथ दोस्रो स्थानमा छ। तर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला लिभरपुलसँगको प्रतिस्पर्धा अन्त्य भइसकेको देख्छन्।

तेस्रो स्थानमा लेस्टर सिटी (५३ अंक) छ भने चौथो स्थानमा चेल्सी (४८) छ। ईपीएलमा यो सिजनको रोचक कुरा के छ भने, सधैं चौथो स्थानसम्मको क्लब मात्र च्याम्पियन्स लिगमा जान पाउनेमा अर्को वर्ष पाँचौं स्थानको क्लब जान सक्ने सम्भावना छ।

म्यान्चेस्टर सिटीलाई आर्थिक अनियमितताका कारण युरोपको सर्वोच्च फुटबल निकायले दुई सिजनका लागि प्रतिबन्ध लगाएको छ। त्यसैले पाँचौं स्थानको म्यान्चेस्टर युनाईटेड (४५) च्याम्पियनन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा छ।

यता समान ४३ अंक भएका वुल्भ्स र सेफिल्ड युनाइटेड युरोपा लिगमा स्थान सुरक्षित गर्ने दाउमा छन्। उनीहरु क्रमशः छैटौं र सातौं स्थानमा छन्। तर उनीहरुलाई पछि पार्दै गत वर्षको च्याम्पियन्स लिग उपविजेता टोटेनहम पनि युरोपा लिगमा स्थान बनाउन चाहन्छ।

गत वर्षको च्याम्पियन्स लिग उपविजेतालाई यो वर्ष युरोपा लिगमा स्थान बनाउन ठूलै संघर्ष गर्नुपर्ने देखिएको छ। त्यसैले यो सिजनको ईपीएल अंक तालिका चाखलाग्दो छ।

उता रेलिगेसन जोनका टिममा पनि त्यस्तै कसरत छ। पुछारका तीन टिम दोस्रो डिभिजनमा झर्ने ईपीएलको प्रावधान छ। २१, २५, र २७ अंकका साथ पुछारबाट नर्विच सिटी, एस्टोन भिल्ला र बर्नमाउथ क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छ। चौथो र पाँचौं स्थानमा भएका वाटफोर्ड र वेस्टहामको पनि २७ अंक नै भएकाले बर्नमाउथ रेलिगेससन जोनबाट माथि आउन सक्दो प्रयास गर्ने दाउमा छ।

डिसेम्बरसम्म लागू हुने फुटबलका अस्थायी नियम

– एक खेलाडीमा कोराना संक्रमण देखिएमा पूरै टिम आइसोलेसनमा जानुपर्ने

– प्रत्येक खेलमा ३० वटासम्म बल प्रयोग गरिने

– रंगशालामा जोडिएको बिलबोर्डमा कोरोनासँग जोडिएको गाइडलाइन देखाइने

– ५ जनासम्म खेलाडी बदल्न पाइने

– सामाजिक दूरीका कारण खलाडीलाई धेरै वटा बसबाट एक ठाउँबाट अर्को ठाउँमा लगिने – बल सेनिटाइज गरेर मात्र खेलिने छ।

– मैदानमा थुक्ने खेलाडीलाई येल्लो कार्ड देखाइने छ

एजेन्सीको सहयोगमा

प्रकाशित: Jun 17, 2020| 16:28 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।