मंगलबार, असार ३०, २०८३

तेक्वान्दो खेलाडीलाई आठ लाख सहयोग

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैरनाफामूलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरेको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैरनाफामूलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरेको छ।

काठमाडौं उपत्यकासहित सातै प्रदेशमा समस्यामा परेका तेक्वान्दो खेलाडीको पहिचान गरी राहत उपलब्ध गराउने गरी आईओएफटीसीले ८ लाख रुपैयाँ अमेरिकाबाट उपलब्ध गराएको हो।

समस्यामा परेका खेलाडीको पहिचान गर्न रामचन्द्र ब्यञ्जनकारको संयोजकत्वमा ४ सदस्यीय आईओएफटीसी हेल्प डेस्क टिम नेपाल गठन गरिएको छ। सदस्यमा रजिन सिंह, अर्जुन महर्जन र निरोज गौतम छन्। सल्लाहकारमा मैत्री तेक्वान्दो डोजाङका प्रमुख अष्टबहादुर महर्जन छन्।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार९विश्वकर्मा० ले टिमका संयोजक ब्यञ्जनकारलाई सिंहदरबारमा आइतबार चेक हस्तान्तरण गरे। सो अवसरमा मन्त्री विश्वकर्माले आईओएफटीसीले गरेको सहयोगले केही हदसम्म भएपनि खेलाडीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आईओएफटीसीले २०७२ सालको विनाशकारी भूकम्पकाबाट पीडितलाई पनि सहयोग गरेको थियो। आईओएफटीसीका संस्थापक एवं निर्देशक दिवाकर महर्जनले कोभिड– १९ को समस्या विश्वव्यापी भएकाले ठूलो मात्रामा सहयोग गर्न नसकिएको बताउदै थोरै भएपनि यसले खेलाडीलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराएको बताएका छन्।

प्रकाशित: Jun 14, 2020| 17:57 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।