शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • दुई गोलपछि जोआ फेलिक्सको चुलिँदो चर्चा, प्रशिक्षक भन्छन्– रियलमा सुहाउने खेलाडी

दुई गोलपछि जोआ फेलिक्सको चुलिँदो चर्चा, प्रशिक्षक भन्छन्– रियलमा सुहाउने खेलाडी

स्पोनिस क्लब एट्लेटिको मड्रिडका युवा फुटबल स्टार एवं फरवार्ड जोआ फेलिक्सले बुधबार रातिको खेलमा ओसासुनाविरुद्ध दुई गोल गरे। सो गोलसँगै उनी आज विश्व फुटबलका ‘तातोआलु’ बनेका छन्।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

स्पोनिस क्लब एट्लेटिको मड्रिडका युवा फुटबल स्टार एवं फरवार्ड जोआ फेलिक्सले बुधबार रातिको खेलमा ओसासुनाविरुद्ध दुई गोल गरे। सो गोलसँगै उनी आज विश्व फुटबलका ‘तातोआलु’ बनेका छन्। पहिलो र दोस्रो हाफमा एक–एक गोल गरेपछि उनी फेरि चर्चामा आए।

National life

उसो त, फेलिक्स विभिन्न कारणले समय–समयमा चर्चामा आइरहन्छन्।

जतिबेला उनी पोर्चुगिज क्लब बेनिफिकाबाट ठूलो रकममा स्पेन आए, उनलाई दोस्रो क्रिस्टियानो रोनाल्डोका रुपमा हेरिएको थियो। कारण– उनी युभेन्टसका फरवार्ड रोनाल्डको देश पोर्चुगलका थिए। उनलाई रोनाल्डोसँग स्पेनिस मिडियाले दाँजेका थिए।

उनी एकपटक बार्सिलोनासँगको खेलमा मेस्सीसँग आमने–सामने भए। गत जनवरी ९ मा भएको स्पेनिस सुपर कपको सेमीफाइनलमा युवा खेलाडी फेलिक्स मेस्सीसँग ठोक्किन पुगे। त्यो संयोग नभएर जानाजान थियो। त्यसपछि उनीहरुलाई बर्सिलोनाकै डिफेन्डर जिरार्ड पिक आएर छुट्याए।

बार्सिलोनाका अर्का फरवार्ड सुवारेजको पनि उनीसँग विवाद बढेपछि एट्लेटिकोका अन्य खेलाडीले वातावरणलाई शान्त बनाए।

Laxmi sunrise bank
kumari

त्यही खेलमा जोर्डी अल्वाले उनलाई औँला ठड्याएर चेतावनी दिए। भलै त्यो खेल ३–२ को गोल अन्तरले मड्रिडले जित्यो। यी सबै घटनालाई लिएर केही मानिसले ‘तेस्रो विश्वयुद्ध’ भन्दै दुवै खेलाडीलाई जिस्क्याए।

यस्तै घटनाले चर्चामा आउने उनी पोर्चुगिज फरवार्ड रोनाल्डोको फ्यान भएको बताउँछन्। जसकारण उनी ७ नम्बरको जर्सी लगाएर खेल्न मन पराउँछन्।

जब फेलिक्स स्पेन आए क्लबले उनीसँग उच्च आशा गरेको थियो। त्यहि अनुसार उसले १४२ मिलियन डलर तिरेको थियो। मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यानले बार्सिलोना जान चाहेपछि ग्रिजम्यानको ठाउँमा क्लबले फेलिक्सलाई भित्र्याइएको थियो। तर, उनले सोचेजस्तो खेल देखाउन सकेनन्।

उनले क्लबका पछिल्ला २८ खेलमा ८ गोल गरेका छन् भने ३ गोलमा एसिस्ट गरेका छन्। त्यसमाथि उनी घुँडाको र ह्याम्ट्रिङ चोटका कारण पीडित छन्।

उनको खेललाई नियालिरहेका पोर्चुगिज क्लब रियो एबका प्रशिक्षक कार्लोस कार्वाहलले फेलिक्सलाई वान्डा मेट्रोपोलिटानो भन्दा बर्नाबेउ रंगशाला फाप्ने बताएका छन्। उनी बार्नाबेउमा राम्रो वातावरण रहेको र त्यहाँ फेलिक्सले राम्रो प्रदर्शन गर्न सक्ने बताउँछन्।

बर्नाबेउ स्पेनिस जायन्ट रियल मड्रिडको मैदान हो भने वान्डा एट्लेटिको मड्रिडको मैदान हो।

“फेलिक्स रियल मड्रिडको गएका भए उनले राम्रो प्रदर्शन गर्न सक्ने थिए,” प्रशिक्षक कार्लोस कार्वाहलले भने।

डियागो साइमन जो एट्लेटिको मड्रिडका प्रशिक्षक हुन्। उनको प्रशिक्षण फेलिक्सलाई नसुहाउँदो रहेको कार्वाहलको ठम्याइ छ। त्यसैले अब फेलिक्सले करिअर बनाउन रियल मड्रिडमा जानुपर्ने कार्वाहलको विश्वास छ।

“फेलिक्स उत्कृष्ट खेलाडी हुन्। म यसमा अडिग छु। उनी खेलको प्राविधिक पक्षले भरिएका खेलाडीसमेत हुन्। तर, मलाई लाग्दैन कि एट्लेटिकोले उनको यो क्षमताको कदर गरिरहेको छ,” कार्वाहलले भने।

“मलाई यस्तो भावना फेलिक्स त्यहाँ जाँदै आएको थियो,” उनले थपे, “साइमन महान प्रशिक्षक हुन्, उनको टिम एकदमै शक्तिशाली र प्रतियोती पनि छ। तर, जोआ त्यो टिममा सुहाउने खालका छैनन्।”

उनले मड्रिड क्लबको आलोचना नगरेको बताउँदै फेलिक्सलाई रियलमा जान छुट दिनुपर्नेमा जोड दिए।

प्रकाशित: Jun 18, 2020| 14:22 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।