मंगलबार, असार ३०, २०८३

च्याम्पियन्स लिगपछि काभानी र सिल्वाले पीएसजी छोड्ने

एजेन्सी– अगस्टमा हुने युरोपियन च्याम्पियन्स लिगपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी एडिसन काभानी र थियागो सिल्वाले क्लब छोड्ने भएका छन्।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

एजेन्सी– अगस्टमा हुने युरोपियन च्याम्पियन्स लिगपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी एडिसन काभानी र थियागो सिल्वाले क्लब छोड्ने भएका छन्।

उरुग्वेका फरवार्ड काभानी पीएसजीका शीर्ष गोलकर्ता समेत हुन्। उनले क्लबमा २०० गोल गरेका छन्। त्यस्तै सिल्वा क्लबका कप्तान हुन्।

‘यो निर्णय लिन धेरै कठिन थियो । उनीहरु क्लबका त्यस्ता खेलाडी हुन, जसले क्लबलाई पहिचान दिएका छन्,’ क्लबका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले भने।

‘उनीहरुसँग क्लबको कथा राम्रो थियो। तर, उनीहरु क्लबसँग अन्तिममा आइपुगेका छन्,’ उनले भने, ‘हामीले तार्किक निर्णय लिनुपर्ने थियो। मलाई त थाहा छैन– हामी गलत भयौं होला ! विश्वमा कुनै पनि कुरा पूर्ण हुँदैन। अहिले हामीसँग च्याम्पियन्स लिगको चुनौती छ। र, हामीले त्यसको तयारी गर्नुपर्छ।’

दुवै खेलाडीको सम्झौता आगामी जुन ३० मा सकिँदै छ। त्यस्तै फ्रान्सको लिग वान पनि अप्रिलमै रद्द भइसकेको छ। तर च्याम्पियन्स लिग भने बाँकी नै छ।

पीएसजीले च्याम्पियन्स लिगको लागि २२ जुनबाट तयारी थाल्ने बताएको छ। उसले पछिल्लो खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई हराउँदै च्याम्पियन्स लिगको यात्रा कायम राखेको थियो।

काभानीले गत जनवरीमा आफू क्लबबाट बाहिरिने कुरा बताएका थिए। त्यतिबेला उनलाई स्पेनिस क्लब एट्लेटिको मड्रिड र इंग्लिस क्लब म्यान्चेस्टर सिटी र चेल्सीले पछ्याइरहेका थिए।

अब ब्रालियन फरवार्ड नेयमा र युवा स्टार एम्बाप्पे अर्को सिजनका लागि क्लबमा रहन्छन कि रहन्नन् भन्ने प्रश्नमा लियोनार्दोले अहिले केही पनि भन्न नसकिने बताएका छन्।

‘उनीहरुले सम्झौता अझै २ वर्षको छ। साथै हामीले पनि उनीहरुसँग आफ्नो भविष्यको योजना बनाइरहेका छौं,’ उनले भने।

प्रकाशित: Jun 14, 2020| 18:31 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।