मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • म्याच फिक्सिङकाे आरोप लागेका सबै फुटबलरलाई सर्वोच्चद्वारा सफाइ

म्याच फिक्सिङकाे आरोप लागेका सबै फुटबलरलाई सर्वोच्चद्वारा सफाइ

‘म्याच फिक्सिङ’ को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले पनि सफाइ दिएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं- ‘म्याच फिक्सिङ’ को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दा खेपिरहेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले पनि सफाइ दिएको छ।

यसअघि विशेष अदालतको सफाइ दिने फैसलालाई नै सर्वोच्चले मंगलबार सदरको फैसला सुनाएको हो।

अदालतका सूचना अधिकारी देबेन्द्र ढकालले खेलाडीमाथिको आरोप पुष्टि हुने कुनै प्रमाण नभएकाले सार्वोच्चले सफाइ दिएको जानकारी दिए।

न्यायाधीशद्वय आनन्दकुमार भट्टराई र बमकुमार श्रेष्ठको इजलासले सरकारले लगाएको आरोप पुष्टि गर्ने प्रमाण नभेटिएको भन्दै उनीहरुलाई सफाइ दिएको हो।

पूर्व कप्तान थापा, पूर्व गोल किपर रितेश थापा र विकास सिंह क्षेत्री, र उप कप्तान सन्दीप राई तथा फिजियो थेरापिष्ट डेविज थापाले सफाई पाएका हुन्।

एसियाली फुटबल महासंघ एएफसीले भने ‘म्याच फिक्सिङ’ मा संलग्न सबैलाई २०७२ मंसिरदेखि आजीवन प्रतिबन्धको घोषणा गरेको थियो।

महानगरीय प्रहरी अपराध महाशाखाले पूर्व कप्तानसहित ६ जनालाई पक्राउ गरेको थियो। २०७२ कात्तिक २२ गते उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी र सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीहरुलाई २०७५ जेठ २४ गते सफाइ दिएको थियो।

प्रकाशित: Jun 16, 2020| 16:50 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।