शनिबार, चैत ७, २०८२

फाती र मेस्सीको गोलमा बार्सिलोनाको सहज जित

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले लेगानेसलाई २–० को गोल अन्तरले हराएको छ। बार्सिलोनको मैदान क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टिमले दुई गोलको अग्रतासँगै खेल जितेको हो।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले लेगानेसलाई २–० को गोल अन्तरले हराएको छ। बार्सिलोनको मैदान क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टिमले दुई गोलको अग्रतासँगै खेल जितेको हो।

National life

जितका लागि युवा स्टार अन्सु फाती र लियोनेल मेस्सीले गोल गरे। खेलको सुरुवाटै दबावमा रहेको लेगानेसविरुद्ध फातीले ४२ औं मिनेटमो गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाए। बार्सिलोनाको अग्रतासँगै खेलको पहिलो हाफ सकियो।

दास्रो हाफको ६९ औं मिनेटमा फरवार्ड लियोनेल मेस्सीले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। दोब्बर अग्रतासँगै खेल सकिएपछि बार्सिलोनाले जित हातमा लिएको हो।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेर एक खेल कम खेलेको रियल मड्रिडसँग ५ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको बार्सिलोनाको ६४ अंक छ भने रियल मड्रिडको ५९ अंक छ।

भिल्लारियलको संघर्षपूर्ण जित, गेटाफे बराबरीमा रोकियो

Laxmi sunrise bank
kumari

गएराति नै सम्पन्न अन्य खेलमा भिल्ला रियलले मायोर्कालाई १–० को गोल अन्तरले हराएको छ। भिल्लारियलको मैदान एक मड्रिगलमा भएको खेलको १६ औं मिनेटमा घरेलु टिमले अग्रता बनाएको थियो।

कार्लोस बाकाले गरेको एकमात्र गोल नै खेलको निर्णयक गोल बन्यो। जितसँगै भिल्लारियल ४४ अंकका साथ सातौं स्थानमा छ।

त्यस्तै गएरातिको खेलमा गेटाफे र एस्पानोयल बराबरीमा रोकिएका छन्। गेटाफेको घरेलु मैदानमा सम्पन्न खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका हुन्।

खेलका १६ औं मिनेटमा पाहुना टोलीका बर्नान्डो एस्पिनोसा रातो कार्ड खाँदै बाहिरिपछि एस्पानोयल १० खेलाडीमा सिमित बनेको थियो।

आज रातिका खेलः
भाल्भोइड र सेल्टा भिगो, राति सवा ११ बजे
आइबर र एथ्लेटिक क्लब, राति सवा ११ बजे
ओसासुना र एट्लेटिको मड्रिड, राति पौने २ बजे

प्रकाशित: Jun 17, 2020| 08:48 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।