मंगलबार, असार ३०, २०८३

जर्मन बुन्डेसलिगा : डर्टमुन्ड पराजित

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति समपन्न खेलमा बोरुसिया डर्टमुन्ड माइन्जसँग २–० गोलले पराजित भएको छ। डर्टमुन्डको घरेलु मैदान सिग्नल इड्युना पार्कमा सम्पन्न खेलमा डर्टमुन्डले हारको सामना गरेको हो।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

जर्मन बुन्डेसलिगा अन्तर्गत गएराति समपन्न खेलमा बोरुसिया डर्टमुन्ड माइन्जसँग २–० गोलले पराजित भएको छ। डर्टमुन्डको घरेलु मैदान सिग्नल इड्युना पार्कमा सम्पन्न खेलमा डर्टमुन्डले हारको सामना गरेको हो।

जितका लागि जोनाथन बुर्कडित र जिन फिलिपले गोल गरे। ३३औं मिनेटमा गोल गर्दै बुर्कडितले सुरुवाती अग्रता दिलाए। उनको गोलसँग पहिलो हाफमा डर्टमुन्ड एक गोलले पछि रह्यो।

दोस्रो हाफमा पनि माइन्जले एक गोल थप्यो। फिलिपले पेनाल्टीमा पाएको अवसरको सदुपायोग गर्दै ४९ औं मिनेटमा गोल गरे। जितसँगै माइन्जले रेलिगेसनबाट राहत पाएको छ। उसले १० जित र ४ बराबरीका साथ ३४ अंक बनाएको छ।

हारका बाबजुद डर्टमुन्ड दोस्रो स्थानमा कायम छ। शीर्ष स्थानको बायर्न म्युनिखले ७६ अंकका साथ उपाधि जितिसकेको छ। अघिल्लो खेलबाटै डर्टमुन्ड उपाधि होडबाट बाहिरिएको हो।

गएराति सम्पन्न अन्य खेलमा लाइप्जिकले डुसेलडर्फसँग २–२ गोलको बराबरी खेलेको छ। त्यस्तै होफिन्हाइमले आउग्सबर्गलाई ३–१ गोल अन्तरले हराउँदा कोल्नले वायर लिवरकुसनसँग ३–१ गोल अन्तरकै हार बेहोरेको छ।

गएरातिका खेलसँगै बुन्डेसलिगाका ३२ औं चरणका खेल सम्पन्न भएका छन्। अब ३३ औं चरणका सबै खेल शनिबार राति हुँदै छन्।

प्रकाशित: Jun 18, 2020| 07:43 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।