मंगलबार, असार ३०, २०८३

एन्फाको 'आपत्कालीन बैठक' स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोलाएको आपत्कालीन बैठक स्थगित भएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोलाएको आपत्कालीन बैठक स्थगित भएको छ।

एक सूचना जारी गर्दै एन्फाले सातदोबोटोस्थित एन्फाको अफिसमा सोमबार १ बजे बोलाइएको बैठक स्थगित गरिएको बताएको हो।

संघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङको स्वास्थ्यमा समस्याका आएकाले उस्थित हुन नसकेका कारण बैठक स्थिगित गरिएको एन्फाले जनाएको छ।

एन्फाले आजको बैठक स्थगित गरेर भोलि (मंगलबार दिउँसो २ बजेका लागि सारेको छ। मानार्थ अध्यक्ष, कोभिड-१९ को राहात र लगायतका विषय बैठकका एजेन्डा छन्।

विषेशतः टेप प्रकरण बाहिरिएपछि एन्फाले फिर्ता लिएको टासी घलेको मानार्थ अध्यक्ष पदमा फेरि नियुक्ति गर्ने कार्यक्रम थियो। तर नेम्वाङ उपस्थित नभएपछि बैठक स्थगित गरियो।

वरिष्ठ उपाध्यक्ष नेम्वाङले अध्यक्ष कर्मा छिरिङ शेर्पाको राजीनामा माग गर्दै आइरहेको बेला एन्फाले टासी घलेलाई फेरि मानार्थ अध्यक्षमा नियुक्त गर्न लागेको हो।

प्रकाशित: Jun 15, 2020| 18:00 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।