ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा सेभियाले लेभोन्टेसँग १–१ को बराबरी खेलेको छ। लेभान्टेको मैदान क्यामिलो क्यानोमा सम्पन्न खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। दोस्रो हाफको पहिलो मिनेमै सेभियाका लुक डि जोङले गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाए।
सेभियाले अग्रता लिएपछि घरेलु टिम दबावमा आयो। तर गोल गर्न भने सकेन। ८७ औं मिनेटमा सेभियाका डियागो कोस्टाले आफ्नै पौस्टमा गोल गरेपछि खेल बाराबरीमा फर्किएको थियो।
बराबरीसँगै अंक तालिकामा ५१ अंकका साथ सेभियाले दोस्रो स्थानको रियल मड्रिडलाई पछ्याइरहेको छ भने तेस्रो स्थानको रियल सोसिडाले ४७ अंकका साथ चौथो स्थानमा रहेर सेभियलाई पछ्याइरहेको छ।
लेभान्टे ३५ अंकका साथ १२ औं स्थानमा छ।
रियल बेटिस र ग्रानाडाको पनि बराबरी
गएरातिकै अर्को खेलमा रियल बेटिस र ग्रनाडाले पनि २–२ गोलको बराबरी खेलेका छन्। बेटिसको मैदान बेनिटो भिल्लामरिनमा सम्पन्न खेलमा दुवै टोली बराबरीमा रोकिएका हुन्।
घरेलु टिमका लागि सर्जियो क्यानालेस र क्रिस्टियन टेलोले गोल गरे भने पाहुना टोलीका तर्फबाट कार्लोस फर्नान्डेस र रोबर्टो सोल्दाडोले गोल गरे।
ग्रानाडाका फर्नान्डेसले २९ औं मिनेटमा गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए। तर ८५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसारको सदुपयोग गर्दै क्नालेसले खेललाई बराबरीमा ल्याए। बराबरीको लगत्तै टेलोले बेटिसलाई अग्रता दिलाए पनि इन्ज्युरी समयमा सोल्दाडोले गोल गर्दै फेरि बाराबरीमै ल्याए।
बराबरीसँग अंक बाँडेको ग्रनाडा ४२ अंकका साथ ८ औं स्थानमा छ भने रियल बेटिस ३४ अंकका साथ १३ औं स्थानमा छ।
ला लिगामा आजका खेल
गेटाफे र एस्पानोयल, राति सवा ११ बजे
भिल्लारियल र मालोर्का, राति सवा ११ बजे
बार्सिलोना र लेगानेस, राति पौने २ बजे