मंगलबार, असार ३०, २०८३

युभेन्टसलाई हराउँदै नेपोली कोपा इटालियाको विजेता

नेपोलीले छैटौं पटक कोपा इटालियाको उपाधि जितेको छ। ओलम्पिको रंगशालामा सम्पन्न फाइनल खेलमा १३ पटकको विजेता युभेन्टसलाई हराउँदै नेपोलीले उपाधि जितेको हो।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

एजेन्सी– नेपोलीले छैटौं पटक कोपा इटालियाको उपाधि जितेको छ। ओलम्पिको रंगशालामा सम्पन्न फाइनल खेलमा १३ पटकको विजेता युभेन्टसलाई हराउँदै नेपोलीले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटबाट खेलको नतिजा निकालिएको थियो। तर फरवार्ड पाउलो ड्याबला र डेनियालो डि सिल्वा पेनाल्टीमा चुकेपछि नेपोलीले जित हातमा लियो।

नतिजाका लागि निर्धारित ४ पेनाल्टीमा नेपोलीका इन्सिग्न, पोलिटियानो, मास्किमोविक र मिल्कले गोल गरे। युभेन्टसका तर्फबाट बोउन्सी र रामसेले मात्र गोल गर्न सके।

युभेन्टसले २ पेनाल्टी गुमाएपछि नेपोली खेल ४–२ को गोलअन्तरले विजयी भयो। फाइनल खेल १३ मे २०२० मा गर्ने भनिए तापनि कोरोना महामारीका कारण खेल स्थगित गरिएको थियो।

महामारीको संक्रमण दर कम हुँदै गएपछि खेल गएराति आयोजना गरिएको हो। तर जोखिम कायमै रहेकाले खेलमा अतिरिक्त समय नथप्न फिफाले सबै फुटबल आयोजक संस्थासँग आग्रह गरेको थियो। सोही अग्रह बामोजिम कोपा इटालियामा अतिरिक्त समय नथपिएको हो। सिधै पेनाल्टीबाट नतिजा दिलाइएको हो।

दर्शकको उपस्थिती बन्द गरिएको रंगशामा, प्यारापिटभरि भर्चुअल समर्थक राखिएको थियो। किक अफको विस्सेल बजेसँगै भर्चुअल समर्थक नाच्दै खेलाडीलाई प्रेरणा प्रदान गरेका थिए।

प्रकाशित: Jun 18, 2020| 07:46 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।