शुक्रबार, भदौ १९, २०८३

बुन्डेसलिगामा साल्के र लिभरकुसनको बराबरी

एजेन्सी– बुन्डेसलिगाको गएराति सम्पन्न खेलमा लिभरकुसनले साल्केसँग १–१ गोलको बराबरी खेलेको छ। साल्केको मैदान भेल्टिनस एरियाना मैदानमा सम्पन्न खेलमा उनीहरुले बराबरी खेलेका हुन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

एजेन्सी– बुन्डेसलिगाको गएराति सम्पन्न खेलमा लिभरकुसनले साल्केसँग १–१ गोलको बराबरी खेलेको छ। साल्केको मैदान भेल्टिनस एरियाना मैदानमा सम्पन्न खेलमा उनीहरुले बराबरी खेलेका हुन्।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए। ५१ औं मिनेटमो पेनाल्टीमा पाएको आसरको सदुपयोग गर्दै डेनियल क्यालिगुरीले गोल गरे। तर उनको गोलले क्लबलाई जित दिलाउन काफी भएन। ८१ औं मिनेटमा जुआन मिरान्डाले आफ्नै पोस्टमा गोल गरेपछि खेल बराबरीमा आयो।

बराबरीका साथै अन्य गोल बन्न नसक्दा दुवै टिमले अंक बाँड्नुपर्यो। लिभरकुसन ५७ अंकका साथ चौथो स्थानमा रहेर अर्को वर्षका च्याम्पियन्स लिगका लागि संघर्षरत छ। त्यस्तै साल्के भने ३० अंकका साथ १० औं स्थानमा छ।

 

प्रकाशित: Jun 15, 2020| 07:31 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।