शनिबार, चैत ७, २०८२

‘जिदाने र बेलको सम्बन्ध समाधान गर्न असम्भव किसिमको’

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल र प्रशिक्षक जिनेदिन जिदानबीचको सम्बन्ध रहस्यमय छ । जसमा धेरै समस्या छन्। तर समाधान निस्कने छाँटकाँट कहिँ कतै देखिँदैन।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल र प्रशिक्षक जिनेदिन जिदानबीचको सम्बन्ध रहस्यमय छ । जसमा धेरै समस्या छन्। तर समाधान निस्कने छाँटकाँट कहिँ कतै देखिँदैन।

National life

वेल्सका फरवार्ड बेल गत शनिवार सम्पन्न आइबरविरुद्धको खेलमा पहिलो रोजाइका खेलाडी बन्न सकेनन्। र, जब उनी दोस्रो हाफमा मैदान प्रवेश गरे, सक्रियतासाथ खेल्न सकेनन्।

लकडाउनमा लामो समयसम्म नवीकरण गरेको उर्जा र प्रेरणा बेकामे बन्यो। उनले खेलअघि अभ्यासमा साथीहरुमाथि पारेको छाप सबै धमिलियो। जब उनले थाहा पाए कि उनी बेन्चमा सीमित छन्।

रियल मड्रिडको जुनियर खेलाडीको मैदान अल्फ्रेदो डि स्टेफानो रंगशालामा खेल सुरु हुँदै थियो। जब उनलाई वार्म अप गर्नका लागि बोलाईयो। उनी त्यहाँ गएनन्, मानौं कि उनलाई त्यो खेलसँग कुनै मतलव नै थिएन्। यो पहिलो हाफको कुरा हो, जतिबेलासम्म उनी पिचमा विस्तारै वार्मअप गदै थिए।

खेलको दोस्रो हाफको कुलिङ ब्रेकमा जिदानेले उनलाई विशेष रुपमै कडा खवरदारी गरिरहेका देखिन्थे। त्यसैले उनीहरुको सम्बन्ध अन्य प्रशिक्षक–खेलाडीको जस्तो नभएको सजिलै आँकलन गरिन्छ। किनभने उनीहरु एकै क्लबमा भएर पनि एकै भाषा बोल्दैनन्।

Laxmi sunrise bank
kumari

उनीहरुको यस्तो सम्बन्धको सुरुवात २०१७–१८ को च्याम्पियन्स लिग फाइनलबाट सुरु भएको थियो। जुन किवमा सम्पन्न भएको थियो।

त्यो लिगको फाइनलमा उनले क्लबका प्रशिक्षक र अध्यक्षसँग उपाधि सेलिब्रेसन गरेनन्। जिदानेले बेललाई त्यसबेला केही भनेका थिए। त्यहि विषयलाई लिएर उनले उत्सव नै मनाएनन्। त्यसपछि जिदाने क्लबमा धेरै समय रहेनन्। उनी क्लबबाट विदा भए।

तर उनीहरुको वैमनष्यता नवीकरण तब भयो, जब रियलले प्रशिक्षक जिदानेलाई सिजनको बीचमै फिर्ता बोलायो। उनी ९ महिनापछि क्लबमा फर्किए। त्यसले रियलको समर विन्डो (गत सालको) मा पनि प्रभाव पारको थियो।

बेलका बारेमा प्रशिक्षकले धेरै कमेन्ट पनि गरे। तर बेल अर्को सिजनका लागि पनि रियलमै रहने भए। उनलाई किन्ने सामथ्र्य कुनै क्लबले गरेनन्। न उनी जान चाहे।

उनलाई लिएर यस्तो पनि भन्न सकिन्छ कि, ३० वर्षे खेलाडी रियल मड्रिडका पछिल्ला धेरै उपाधिहरुमा बर्नाबेउमा साथीस्वरुप छन्। उनको जस्तो भूमिका अरु कुनै खेलाडीले निभाउनै सक्दैनन्।

क्लब अझैपनि उनलाई राम्रो खेलाडीका रुपमा देख्छ। तर क्लबलाई यो पनि थाहा छ कि उनी र जिदानको सम्बन्ध क्लबले बचाउने खालको छैन। त्यो भन्दा पर छ।

यसका बाबजुद पनि बेलको मनमा लस बाल्कोन (मड्रिड) छोडेर जाने मन देखिँदैन। उनी अझै केही समय रियलमै विताउन चाहन्छन्। रियलमा खुसी छन्। साथै उनले आफ्नो एजेन्टलाई अन्य क्लबमा जान चाहेको बताएका छैनन्।

एजेन्सी

प्रकाशित: Jun 16, 2020| 14:36 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।