मंगलबार, असार ३०, २०८३

आर्सनललाई हराउँदै सिटी विजयी

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० गोलले हराएको छ। सिटीको मैदान इथायड स्टेडियममा सम्पन्न खेलमा सिटीले जित निकालेको हो।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा साविक विजेता म्यान्चेस्टर सिटीले आर्सनललाई ३–० गोलले हराएको छ। सिटीको मैदान इथायड स्टेडियममा सम्पन्न खेलमा सिटीले जित निकालेको हो।

जितका लाग रहिम स्टार्लिङ, केभिन डि ब्रुन र फाईल फोडेनले गोल गरे। स्टार्लिङले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाए।

दोस्रो हाफमा पनि सिटीले २ गोल थप्यो। ब्रुनले ५१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे भने अतिरिक्त समयमा फोडेनले गोल गर्दै जितलाई तीन गोलको अग्रतामा लम्ब्याएका थिए।

खेलको ४९ औं मिनेटमा डेविड लुइस रातो कार्ड खाँदै बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बन्यो। पहिलो हाफबाट दबावमा आएको आर्सनल अन्तिम समयसम्म पनि खेलमा फर्कन सकेन।

जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा सुधार गरेर ६० अंक बनाएको छ। उसले २९ खेलमा १९ जित र तीन बराबरीका साथ ६० अंक बनाएको हो। शीर्ष स्थानको लिभरपुलको ८२ अंक छ। लिभरपुलले २ खेलमात्र जितेमा ऊ ७ खेल अगाबै विजेता बन्न सक्ने छ।

समान खेल खलेको आर्सनल ९ जित र १३ बराबरीका साथ ४० अंक बनाएर नवौं स्थानमा छ।

त्यस्तै गएराति सम्पन्न अर्को खेलमा एस्टोन भिल्लाले सेफिल्ड युनाइटेडसँग अंक बाँडेको छ। निर्धारित ९० मिनेटसम्म पनि बराबरी खेलेपछि उनीहरुले अंक बाँडेका हुन्।

ईपीएल अन्तर्गत आज राति कुनै खेल छैनन्। भोली राति पौने ११ बजे नर्विच सिटीले साउथह्याम्टनसँग खेल्ने छ।

प्रकाशित: Jun 18, 2020| 07:38 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।