मंगलबार, असार ३०, २०८३

‘सेरेना पक्कै पनि टेनिसमा फर्कनेछिन्’

एजेन्सी– चर्चित टेनिस खेलाडी सेरेना विलियम्सले अमेरिकामा हुने यूएस ओपनमा खेल्न मन पराउने टेनिस प्रशिक्षक पेट्रिक मोउरातोग्लौले बताएका छन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

एजेन्सी– चर्चित टेनिस खेलाडी सेरेना विलियम्सले अमेरिकामा हुने यूएस ओपनमा खेल्न मन पराउने टेनिस प्रशिक्षक पेट्रिक मोउरातोग्लौले बताएका छन्।

३८ वर्षे सेरेना गत वर्षको यूएस ओपन टेनिसको फाइनलमा पाराजित भएकी थिइन्। त्यसअघि उनी चोटका कारण लामो समय खेलमा सहभागी हुन सकेकी थिइनन्।

यो वर्षको यूएस ओपन आउँदो अगस्टको १ तारिखबाट हुने तय छ। कोरोनाको महामारीको समयमा हुने प्रतियोगिता कडा स्वास्थ्य नियमका साथ हुनेछ। ‘उनी पक्कै पनि टेनिसमा फर्कने छिन् र पछिल्लो साल गुमाएको यूएस ओपन टेनिसको अवार्ड जित्नेछिन्। त्यो उनको लक्ष्य हो,’ मोउरातोग्लौले बीबीसीसँग भने।

सेरेना गतसालको फाइनलमा बियन्का अन्द्रीस्कू सँग पराजित भएकी थिइन्।

‘खेलाडीका लागि मैदानबाट बाहिर हुनु एकदमै गाह्रो कुरा हो। त्यसैले यूएस ओपन महामारी पछिको पहिलो टेनिस प्रतियोगिता हुने छ। प्रतियोगितामा धेरै बाधाहरु हुनेछन्। साथै उनले त्यो बाधाहरु स्वीकार गरेर आयोजकको आशाका साथ प्रतियोगितामा सहभागी बन्ने छिन्,’ प्रशिक्षक मोउरातोग्लौले थपे।

सेरेना विश्वकै एक नम्बर बरियतामा परिसकेकी खेलाडी हुन्। उनले ६ पटक यूएस ओपन जितिसकेकी छिन्।

प्रकाशित: Jun 15, 2020| 18:47 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।