मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटबलका राष्ट्रिय खेलाडीको कोरोना बिमा गरिने, प्रशिक्षण सुरु हुँदै

फुटबलका राष्ट्रिय खेलाडीको कोरोना बिमा गरिने, प्रशिक्षण सुरु हुँदै

अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको बैठकले महिला, पुरुष दुवै राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को मंगलबार बसेको बैठकले महिला, पुरुष दुवै राष्ट्रिय फुटबल टोलीका खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको छ।

महामारीको जोखिमलाई मध्यनजर गर्दै एन्फाले कुल ७० खेलाडीको कोरोना बीमा गर्ने भएको हो।

यसअघि गत चैतमा तय भएर कोरोनाको जोखिमका कारण रोकिएको विश्वकप र एसिया कप फुटबलको संयुक्त छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु हुने भएको छ।

उक्त प्रतियोगिता एसियाली फुटबल महासंघ (एएफसी)को निर्देशनमा हुनेछ।

आगामी अक्टोबरबाट सुरु हुने छनोट प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप), स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयबाट स्वीकृति लिएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। एन्फाले दुई हप्तापछि संयुक्त छनोटको प्रशिक्षण सुरु गर्न सकिने जनाएको छ। कोरोना महामारी बढेपछि चैतको पहिलो साताबाट प्रशिक्षण रोकिएको छ।

त्यस्तै आजको बैठकले संघको बाँकी कार्यकालका लागि टासी घलेलाई मानार्थ अध्यक्ष बनाएको छ।

प्रकाशित: Jun 16, 2020| 21:07 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।