मंगलबार, असार ३०, २०८३

‘पारा साग आयोजना गर्ने निर्णय नेपालको हातमा छैन’

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सार्कस्तरीय पारा गेम्स (फरक क्षमता भएका खेलाडीबीचको प्रतिस्पर्धा) आयोजना गराउने निर्णय नेपालको हातमा नरहेको बताएका छन्।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं– युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सार्कस्तरीय पारा गेम्स (फरक क्षमता भएका खेलाडीबीचको प्रतिस्पर्धा) आयोजना गराउने निर्णय नेपालको हातमा नरहेको बताएका छन्।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसद प्रकाश पन्तको ‘सागपछि पारा साग हुन्छ कि हुँदैन?’ भन्ने प्रश्नको उत्तर दिँदै मन्त्री विश्वकर्माले यस्तो जबाफ दिएका हुन्।

उनले भने, ‘पारा सागको निर्णय हामीले मात्र गरेर हुँदैन। अन्तर्राष्ट्रिय खेलकुद सम्बन्धी निकायले गर्नुपर्ने भएकाले यसबारे केही भन्न सकिँदैन।’ तर यसमा सरकारले विशेष चासो राख्ने उनको भनाइ छ।

मन्त्री विश्वकर्माले खेलाडीको मासिक प्रोत्साहन भत्ता बढाएर चार हजार बनाइएको बताए। उनले भने, ओलम्पियन खेलाडीलाई सम्मान गर्न मासिक ३ हजार दिने गरेका थियौं। अब एक हजार बढाइएको छ।’

अन्तर्राष्ट्रिय औपचरिक प्रतियोगितामा स्वर्ण पदक जित्नले मासिक ५ हजार रुपैयाँ भत्ता पाइरहेको उनले बताए। १३ औं सागमा स्वर्ण पदक विजेता खेलाडीले पनि यस्तो भत्ता पाउने मन्त्री विश्वकर्माले बताए। उनले खेलाडीको बिमा गरिएको पनि बताए।

खेलाडीको समयमा पुरस्कार नपाएको भन्ने सांसदहरुको जिज्ञासामा उनले भने, ‘खेलाडीले सम्मान गर्नु राज्यको दायित्व हो। कार्यविधि संशोधन गरेर पुरस्कार वितरण गरेका छौं।’

तर केही प्रशिक्षक र खेल संघले अझै पुरस्कार पाएका छैनन्। यसबारे मन्त्री विश्वकर्माले भने, ‘खेलमा सुशासन कायम गराउने हिसाबले धेरै सुधार भएका छन्। पेस्की लिएका प्रशिक्षक र खेल संघलाई कार्यविधिअनुसार पुरस्कार दिन ढिलाइ भएको हो।’

प्रकाशित: Jun 17, 2020| 14:50 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।