मंगलबार, असार ३०, २०८३

छुट्टाछुट्टै खेलमा बायर्न र डर्टमुन्ड विजयी

एजेन्सी– बुन्डेसलिगाको गएराति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले डुसेलडर्फमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ। युवा स्टार इर्लिङ हाल्यान्डको गोल नै घरेलु टिम डुसेलडर्फलाई हराउन पर्याप्त रह्यो।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

एजेन्सी– बुन्डेसलिगाको गएराति सम्पन्न खेलमा बोरुसिया डर्टमुन्डले डुसेलडर्फमाथि १–० को संघर्षपूर्ण जित निकालेको छ। युवा स्टार इर्लिङ हाल्यान्डको गोल नै घरेलु टिम डुसेलडर्फलाई हराउन पर्याप्त रह्यो।

पहिलो हाफ गोलरहित बराबरी रहेको खेलमा डर्टमुन्डका तर्फबाट हाल्यान्डले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णयक गोल गरे। उनको गोलसँगै डर्टमुन्डले लिगको तालिकामा ६६ अंकं बनाएको छ। ३१ खेलमा २० जित र ६ बराबरीका साथ डर्टमुन्डले ६६ अंक बनाएको हो। यता हारको सामना गरेको डुसेलडोर्फको २८ अंक छ।

बायर्नलाई उपाधिका लागि एक जित आवश्यक

गएरातिको खेलमा जित निकालेसँगै बुन्डेसलिगा उपाधिका लागि बायर्नलाई एक जित पर्याप्त हुने भएको छ। उसले गएरातिको खेलमा मोन्चेनग्लाडबाखलाई २–१ को गोलअन्तरले हराएसँगै उपाधिका लागि एक जित आवश्यक देखिएको हो।

जितका लागि जोसुवा जिर्क र लियोन गोरेत्जाले एक–एक गोल गरे। खेलको २६ औं मिनेटमा जिर्कले सुरुवाती गोल गर्दै साविक विजेता टोलीलाई सुरुवाती अग्रता दिलाए। तर बायर्नका बेन्जामिन पाबर्डले ३७ औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि ग्लाडबाखले एक गोल उपहारस्वरुप पाएको थियो। आत्मघाती गोलसँगै पहिलो हाफको नतिजा एक–एकको बराबरीमा रोकियो।

दोस्रो हाफको ८६ औं मिनेटमा गारेत्जाले गोल गर्दै पुनः बायर्नलाई अग्रता दिलाएका थिए। यही अग्रताका साथ खेलको अन्तिम नजिता प्राप्त भयो।

जितसँगै बायर्नले ३१ खेलमा २३ जित र ४ बराबरीका साथ ७३ अंक बनाएको छ। उसले एक खेल जितेमा लिगविजेता हुने छ। यता गएरातिको खेलमा हारको सामना गरेको ग्लाडबाख ५६ अंकका साथ चौथो स्थानमा छ।

गएराति सम्पन्न अन्य खेलमा होफनहमले लाइप्जिकलाई २–१ गोलअन्तरले हराएको छ। त्यस्तै कोल्नले बार्लिनसँग २–१को हार बेहोरेको छ। हेर्था बर्लिनले फ्रान्कफ्रुटसँग ४–१ गोलअन्तरले हारको समाना गर्दा वेर्डनले पार्डाबोर्नलाई ५–१ गोलले हराएको छ भने वुल्भ्सबर्ग र फ्रिइबर्गले २–२ गोलको बराबरी खेलेका छन्।

प्रकाशित: Jun 14, 2020| 08:39 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।