शनिबार, चैत ७, २०८२

कोपा इटालीया : रोनाल्डो पेनाल्टीमा चुके पनि क्लब फाइनलमा

कोरोनाको महामारीपछि इटालिमा हिजो रातिबाट फुटबल पुनः सुरु भएको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

कोरोनाको महामारीपछि इटालिमा हिजो रातिबाट फुटबल पुनः सुरु भएको छ।

National life

महामारीका कारण स्थगित फुटबल ९५ दिनपछि मैदान फर्किएको हो। मैदान फर्किएको पहिलो खेलमै युभेन्टस फरवार्ड क्रिस्टियाना रोनाल्डोले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्न सकेनन्।

रोनाल्डोले गोल गर्न नसक्दा कोपा इटालियाको गएराति सम्पन्न खेल गोलरहित बराबरीमा रोकिएको छ। युभेन्टसको घरेलु मैदानमा सम्पन्न खेलमा उसले प्रतिस्पर्धि एसी मिलानसँग गोलरहित बराबरी खेल्यो।

तर रोनाल्डोको पेनाल्टी मिस युभेन्टसलाई महँगो भने परेन। बराबरीका बाबजुद १३ पटकको उपाधि विजेता क्लाब फेरि फाइनलमा पुगेको छ। ४ महिनाअघि (फेब्रुरीअरी १३मा) भएको खेलको गोलका आधारमा युभेन्टस फाइनलमा पुगेको हो।

त्यो खेलमा युभेन्टसले मिलानको मैदानमा १–१ गोलको बराबरी खेलेको थियो। तर अवे गोलको महत्व धेरै हुने भएकाले सोही आधारमा युभेन्टस फाइनल प्रवेश गरेको हो।
फाइनलमा उसले इन्टरमिलान र नेपोलीको विजेता टोलीसँग खेल्ने छ।

Laxmi sunrise bank
kumari

गएराति भएको खेलको १६ औं मिनेटमा रोनाल्डोले एक लङ पास सहजै कन्ट्रोल गरे। तर मिलानका कोन्टेले उनको गोल हातले रोकेपछि युभेन्टसले पेनाल्टी पायो। रोनाल्डोले पोस्टको लेफ्ट कुनामा प्रहार गरेको गोल पिलरमा ठोकिएर बाहिर फर्किएको थियो। त्यससँगै युभेन्टसले गोल स्कोर गर्ने सुनौलो अवसर गुमाएको हो।

त्यसलगत्तै एन्टे रेविचले युभेन्टसका खेलाडीलाई फल गरे। त्यसपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए। सुरुबाटै दबावमा आएको मिलान रेविचको बहिर्गमनसँगै अझै धेरै दबावमा आयो। तर अन्तिम समयसम्म पनि युभेन्टसले गोल स्कोर गर्न भने सकेन।

प्रकाशित: Jun 13, 2020| 08:55 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।