मंगलबार, असार ३०, २०८३

लिग संघारमा आइपुग्दा नर्विच सिटीका खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) क्लब नर्विच सिटीका एक खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ। कोरोनाको पछिल्लो राउन्डको टेस्टमा दुई खेलाडीमा कोरोना देखिएकोमा एक नर्विच सिटीका छन्।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) क्लब नर्विच सिटीका एक खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ। कोरोनाको पछिल्लो राउन्डको टेस्टमा दुई खेलाडीमा कोरोना देखिएकोमा एक नर्विच सिटीका छन्।

इंग्ल्यान्डमा जुन १७ बाट ईपीएल सुरु गर्नका लागि विभिन्न चरणमा खेलाडीको कोरोना परीक्षण गरिँदै छ। पछिल्लो राउन्डमा १२ सय जनामा कोरोना परीक्षण गरिएकोमा २ जनालाई कोरोना देखिएको हो। अर्का खेलाडी कुन क्लबका हुन् भन्ने विवरण भने खुलाइएको छैन।

खेलाडीमा कोरोना देखिएपछि नर्विचले एक सूचना जारी गर्दै खेलाडी सात दिनका लागि सेल्फ आइसालेसनमा रहेको बताइएको छ। ‘मेडिकल गोपनियताका कारण उनको नाम सार्वजनिक गरिएको छैन। यो समयमा मेडिकल गोप्यता महत्वपूर्ण छ,’ नर्विच क्लबले भनेको छ।

कोरोना संक्रमण पाइएसँगै ती खेलाडीले लिगको पहिलो खेल गुमाउने भएका छन्। कोरोनापछि फुटबल मैदान फर्कने क्रममा रहँदा कोरोना संक्रमित खेलाडीको घट्न थालेको थियो। तर सुरु हुने समयमा भने नर्विचमा कोरोना देखिएको हो।

लिग यही बुधबारबाट सुरु हुँदै छ भने नर्विचको खेल शुक्रबार छ।

प्रकाशित: Jun 14, 2020| 12:18 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।