बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लकडाउनपछि पहिलो पटक इंग्ल्यान्डको क्रिकेट टुरमा निस्कियो वेस्ट इन्डिज

लकडाउनपछि पहिलो पटक इंग्ल्यान्डको क्रिकेट टुरमा निस्कियो वेस्ट इन्डिज

मार्चमा कोरोना भाइरसको महामारी सुरु भइपछि इंग्ल्यान्ड पुग्ने यो पहिलो टोलीसमेत हो। वेस्ट इन्डिजले एक महिनापछि (८ जुलाईबाट) सुरु हुने तीन टेस्ट सिरिज खेल्ने छ। प्रतियोगिता सुरक्षित रंगालामा गरिने छ भने दर्शक हुने छैनन्।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

वेस्ट इन्डिजको राष्ट्रिय क्रिकेट टोली लकडाउनपछि पहिलो पटक क्रिकेट भ्रमणमा इंग्ल्यान्ड पुगेको छ। तीन टेस्ट प्रतियोगिताको लागि सोमबार राति टोली इंग्ल्यान्डको म्यान्चेस्टर पुगेको हो।

मार्चमा कोरोना भाइरसको महामारी सुरु भइपछि इंग्ल्यान्ड पुग्ने यो पहिलो टोलीसमेत हो। वेस्ट इन्डिजले एक महिनापछि (८ जुलाईबाट) सुरु हुने तीन टेस्ट सिरिज खेल्ने छ। प्रतियोगिता सुरक्षित रंगालामा गरिने छ भने दर्शक हुने छैनन्।

भ्रमणमा सहभागी २५ खेलाडीसहित सबै ३९ सदस्यको भ्रमणअघि कोरोना टेस्ट गरिँदा नतिजा नेगेटिभ आएको आएको थियो। उनीहरुलाई इमिरेट्स ओल्ड ट्राफोर्डको क्वारेन्टिनमा प्रवेश गराईएपछि फेरि कोरोना टेस्ट गरिने छ। जहाँ उनीहरुले तीन हप्ता बस्नुपर्ने छ।

त्यसपछि उनीहरु पहिलो टेस्ट खेल्नका लागि साउथ ह्याम्टनतर्फ जानेछन्। त्यस्तै दोस्रो र तेस्रो टेस्ट खेल्नका लागि उनीहरु पुनः ओल्ड ट्राफोर्ड फर्कनेछन्।

‘सामान्यतयाः क्रिकेटको यो ठूलो कदम हो,’ महामारीकै दौरान इंग्ल्यान्ड पुगेका वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले भने, ‘हामीले नयाँ तरिकाले खेल अघि बढाउनका लागि धेरै तयारी गर्नुपर्ने छ।’

प्रतियोगिता ८ जुलाईबाट २८ जुलाईसम्म चल्नेछ।

बल चम्काउँदा थुक लगाउन नपाइने

क्रिकेटमा बल चम्काउँदा थुक र पसिनाको प्रयोग गर्ने चलन छ। तर अब क्रिकेट बल चम्काउनका लागि थुकको प्रयोगमा प्रतिबन्ध लागेको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै थुकको प्रयोगमा बन्देज लगाएको हो। तर यो नियम अस्थायी हो।
आईसीसीको क्रिकेट कमिटीले गरको प्रस्तावलाई आईसीसीको मंगलबार बसेको बैठकले सदर गरेको छ।

त्यस्तै अब टेस्ट क्रिकेटका दौरान खेलाडीलाई कोरोनाको लक्षण देखिए टिमले खेलाडी परिवर्तन गर्न पाउने भएको छ। तर यो नियम टेस्टबाहेक अन्य फर्म्याटको क्रिकेटमा लागू हुने छैन। खेलमा न्युट्रल अम्पायर राख्नैपर्ने बाध्यता हटाइएको छ भने लोकल अम्पायर राख्न पाउने व्यवस्था गरिएको छ।

एजेन्सी

प्रकाशित: Jun 10, 2020| 08:44 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।