बुन्डसलिगाको लिग लिडर बायर्न म्युनिक आइनट्राख्ट फ्रान्कफ्रुर्टलाई हराउँदै जर्मन कपको फाइनलमा पुगेको छ। उसले फ्रान्कफ्रुर्टलाई २–१ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो।
जितका लागि इवान पेरिसेक र रोबर्टो लेवान्डोस्किले १–१ ले गोल गरे। पेरिसेकले खेलको १४ औं मिनेटमा गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफ बराबरीमा रहेको खेलको ६९ औं मिनेटमा डि कोस्टाले गोल गर्दै फ्रान्कफ्रुटलाई बराबरीमा पुर्याए।
तर ७४ औं मिनेटमो लेवान्डास्किले जोसुवा किमिचको पासमा गोल गर्दै बायर्नले फेरि अग्रता बनायो। सुरुमा रेफ्रीले अफसाइडको रुल आउट भएको भन्दै गोल नदिएको भए तापनि भिडियो असिस्टेन्ट रेफ्री(भीएआर)को सहायताले बायर्नको गोल मान्य गरिदिएको थियो। त्यही अग्रतासँगै खेल सकिएपछि बायर्नले फाइनलमा स्थान बनाएको हो।
४ जुलाईमा बर्लिन ओलम्पिक स्टेडियममा हुने फाइनल खेलमा बायर्नले लेवरकुसनको समाना गर्ने छ। लिवरकुसनले साब्र्रुकेनलाई ३–० को गोलअन्तरले हराउँदै फाइनल पुगेको थियो।
गएरातिको खेलमा गोल गरेसँग बायर्नका फरवार्ड लेवान्डोस्कीले यो सिजनमा क्लबका लागि ४५ गोल गरिसकेको छन्। एजेन्सी