मंगलबार, असार ३०, २०८३

मैदान फर्किएको ला लिगामा सेभियाको पहिलो जित

एजेन्सी– स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टिम सेभियाले रियल बेटिसमाथि २–० गोलअन्तरले जित निकालेको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

एजेन्सी– स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टिम सेभियाले रियल बेटिसमाथि २–० गोलअन्तरले जित निकालेको छ।

कोरोना महामारीपछि पुनः सुरु भई रामोन सान्जेज पिजुआना रंगशालामा समपन्न लिगको पहिलो खेलमा सेभियाले बेटिसलाई पराजित गरेको हो।

सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो, पहिलो हाफ भने गोलरहित बराबरी रह्यो। लुकास ओकाम्पोसले खेलको ५६ औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए।

पहिलो गोललगत्तै फार्नान्डोले दोस्रो गोल गरेर घरेलु टिम जितको नतिजामा पुर्याएका थिए। जितसँगै उसले लिग तालिकामा अंक सुधार गरेको छ।
तेस्रो स्थानको सेभियाले ५० अंक बनाउँदा एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५८ र शीर्ष स्थानको बार्सिलोनाको ६० अंक छ।

गएराति सम्पन्न खेल कडा स्वास्थ्य नियमका बीच सम्पन्न भयो। रंगशालामा समर्थकको उपस्थिति बन्द गरिएको भए पनि मानिसहरु ठूलो संख्यामा बाहिर भेला भए।

यता रंगशालामा भने समर्थकका रेकर्डेड भ्वाइस सुनाउने, घरेलु टिमको रंग कुर्सीमा लगाउने, भर्चुअल समर्थक राख्नेलगायतका नयाँ काम गरिएको थियो। त्यस्तै, कोरोनाका कारण मृत्यु भएका मानिसको सम्झनामा एक मिनेट मौनधारण गरेर खेल सुरु गरिएको थियो।

प्रकाशित: Jun 12, 2020| 12:51 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।