मंगलबार, असार ३०, २०८३

अमेरिका टी-२० क्रिकेटकाे विश्वकप आयोजना गर्न इच्छुक

अमेरिकाले आईसीसी टी-२० विश्वकप क्रिकेट आयोजना गर्ने इच्छा देखाएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

एजेन्सी- अमेरिकाले आईसीसी टी-२० विश्वकप क्रिकेट आयोजना गर्ने इच्छा देखाएको छ।

सन् १९९४ को फुटबल विश्वकप सफलतापूर्व सञ्चालन गरेको अमेरिकाले क्रिकेट विश्वकप आयोजना गर्ने इच्छा देखाएको हो।

उसले सन् २०२३ देखिको विश्वकपको लागि वेस्ट इंन्डिजसँगै आफ्नो पनि दाबेदारी प्रस्तुत गरेको हो।

‘यदि विश्वकप अमेरिकामा भयो भने, सबै भेन्यूका टिकट बिक्री हुनेछन्,’ यूएसए क्रिकेटका अध्यक्ष आयन हिगिन्स भने, ‘अन्य खेलका मुख्य प्रतियोगिताहरु पनि वृद्धिका लागि गैर पारम्परिक बजारमा आयोजना गरिएका उदाहरण छन्।’

सन् १९९४ मा अमेरिकामा आयोजना गरिएको फिफा विश्वकपमा ३.५ मिलियन दर्शक जम्मा भएका थिए। जुन टी-२० विश्वकपमा रेकर्ड ब्रेक गरेको संख्या भएको फिफाले बताएको थियो।

हिगिन्सले अर्को दशका अमेरिकाले टेस्टको मान्यता पाउने आशाका साथ प्रतियोगिताको आयोजना गर्ने इच्छा जाहेर गरेका हुन्।

अमेरिकाले २०१९ को डिसेम्बरमा स्कटल्यान्डलाई पछि पारेर एक दिवसीय मान्यता पाएको थियो।

‘छोटो समयमा नै हामीले क्रिकेटको सर्वोच्च निकाय आईसीसीका पदाधिकारीसँग प्रतिस्पर्धा गर्न थालिसकेका छौँ। अबको हाम्रो उद्देश्य भनेको आईसीसीमा धेरै सदस्यता बनाउने हो,’ उनले भने।

‘अहिले यूएसए टी-२० विश्वककप आफ्नो देशमा ल्याउन प्रतिबद्ध छ। हामीसँग उच्च गुणस्तरका रंगशालाहरु पनि छन्,’ उनले भने, ‘प्रतियोगिताको लागि ६ वटा अन्तर्राष्ट्रिय खेल गराउन सकिने रंगशाला चहिन्छ।’

उनले थपे, ‘पछिल्ला २ विश्वकपमा अमेरिकाबाट क्रिकेट हेर्नको लागि त्यहाँ जाने समर्थकबाटै थाहा हुन्छ, यहाँ क्रिकेटको भोक कति छ भनेर।’

प्रकाशित: Jun 09, 2020| 16:33 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।