मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सनराइजर्सका साथीलाई सोध्नेछु उनीहरुले मलाई कालू किन भन्थे: ड्यारेन स्यामी

सनराइजर्सका साथीलाई सोध्नेछु उनीहरुले मलाई कालू किन भन्थे: ड्यारेन स्यामी

वेस्टइंडीजको क्रिकेट टीमका पूर्व कप्तान ड्यारेन स्यामीले सनराइजर्स हैदराबादमा उनीसँग खेलेका भारतीय खेलडीमाथि रंगभेदको आरोप लगाएका छन्।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

एजेन्सी-  वेस्टइंडीजको क्रिकेट टीमका पूर्व कप्तान ड्यारेन स्यामीले सनराइजर्स हैदराबादमा उनीसँग खेलेका भारतीय खेलडीमाथि रंगभेदको आरोप लगाएका छन्।

अमेरिकामा रंगभेद विरोधी प्रदर्शनका बीच वेस्टइंडीजका दिग्गज क्रिकेट खिलाडी ड्यारेन स्यामीले आईपीएलमा आफ्नो पूर्व टीम सनराइजर्स हैदराबादभित्र रंगभेदको आरोप लगाएका हुन् ।

एक भिडियो जारी गर्दै उनले भनेका छन्, 'भर्खरै मैले त्यो शब्दको अर्थ थाहा पाएँ जुन आईपीएलका बेला टीमका साथीले मलाई बोलाउँदा भन्थे। मैले ती खेलाडीको नाम खुलासा गर्नुभन्दा पहिले उनीहरुले मलाई त्यसो किन भनेको स्पस्ट पारिदिउन्।'

वेस्टइंडीज क्रिकेट टीमका पूर्व कप्तान ड्यारेन स्यामीले आफूलाई भारतीय साथीले कालू भनेर बोलाउँदा अन्य खेलाडीहरु हाँस्ने गरेको पनि उल्लेख गरेका छन्।  उनका अनुसार उनलाई यो शब्द काला व्यक्तिलाई अपमानजनक तरिकाले बोलाउनका लागि भनिन्छ भन्ने थाहा थिएन।

उनले भिडियोमा भनेका छन्, ‘मलाई त यो कुनै रमाइलो शब्द होला जस्तो लाग्थ्यो। तर, अहिले थाहा भयो यो त अपमानजनक थियो। अब म उनीहरुसँग सम्पर्क गरेर सोध्ने छु।'

यसअघि पनि ड्यारेन स्यामीले एक पोस्टमा श्रीलंकाका थिसारा परेरालाई सनराइजर्स हैदराबादका खेलाड़ीले  कालू  भनेर बोलाउने गरेको उल्लेख गरेका थिए।  स्यामीका अनुसार त्यसबेला उनलाई यो शब्दको अर्थ तगडा घोडा होला भन्ने लाग्थ्यो । उनले भनेका छन्, 'अहिले सत्य थाहा पाएपछि रिस उठेको छ।'

ड्यारेन स्यामीको यो भनाइप्रति सनराइजर्स हैदराबादमा उनका साथि रहेका केही खेलाडीहरुको प्रतिक्रिया पनि आएको छ।  भारतीय सञ्चारमाध्यमका अनुसार इरफान पठानले आफूलाई यस्तो कुराका बारे थाहा नभएको र स्यामीसँग कहिल्यै खुलेर कुरा नभएको बताएका छन्। यद्यपि, उनले घरेलू क्रिकेटमा यस्ता कुरा भइरहने हुँदा खेलाडीहरुलाई सम्झाउनु जरुरी रहेको बताएका छन्।

सनराइजर्समा ड्यारेन स्यामीसँग खेलेका पार्थिव पटेलले पनि आफूले कसैलाई पनि यस्तो अपमानजनक शब्दको प्रयोग नसुनेको बताएका छन्। वेणुगोपालको प्रतिक्रिया पनि पटेलको जस्तै छ।

यस विवादमा बीसीसीआईको प्रतिक्रिया पनि आएको छ। संस्थाका कोषाध्यक्ष अरुण धूमलले भनेका छन्, ‘यो घटना धेरै वर्ष पहिलेको हुनसक्छ र यसका लागि को जिम्मेदार छ थाहा भएन। तर हामी आफ्ना खेलाडीलाई रंगभेदी विवादबाट टाढै रहन सिकाइरहेका हुन्छौं।’

प्रकाशित: Jun 09, 2020| 18:29 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।