बिहीबार, भदौ १८, २०८३

ला लिगा आजबाट

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण मार्च दोस्रो साताबाट स्थगित भएको स्पोनिस फुटबल लिग ला लिगा आजबाट फेरि सुरु हुँदै छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण मार्च दोस्रो साताबाट स्थगित भएको स्पोनिस फुटबल लिग ला लिगा आजबाट फेरि सुरु हुँदै छ।

लिगको खेल तालिका अनुसार आज राति १ः४५ बजेबाट खेल सुरु हुँदै छ।

लिगको मार्च ११ मा भएको अन्तिम खेलमा रियल सोसिडाडले आइबरलाई १–० को गोलअन्तरले हराएको थियो। अब सुरु हुने खेल तालिका अनुसार पहिलो खेलमा आज राति सेभिल्लाले रियल बेटिसको सामना गर्ने छ।

पछिल्लो पटक मार्च ९ मा भएको खेलमा लिग तालिकाको दोस्रो स्थानमा भएको रियल मड्रिड रियल बेटिससँग एक गोलको अन्तरले हारेको थियो।

नयाँ खेल तालिका अनुसार भोलि (शुक्रबार) राति ग्रानाडाले गेटाफेको सामना गर्ने छ भने अर्को खेलमा एस्पानोयल र लेभान्टे भिड्दै छन्।

मार्च ११ तारिकसम्म खेल हुँदाको नतिजा अनुसार बार्सिलोना ५८ अंकका साथ शीर्ष स्थानमा छ। त्यस्तै, बार्सिलोनाभन्दा २ अंक कम बनाएको रियल मड्रिड दोस्रो स्थानमा छ। तेस्रो र चौथो स्थानमा ४७ र ४६ अंकका साथ क्रमशः सेभिल्ला र रियल सोसिडाड छन्।

लिगको रेलिगेसन जोनमा भने मालोर्का, लिगानेस र एस्पानोयल छन्। ला लिगाका २७ चरणका खेल सकिएका छन् भने ११ चरणका बाँकी छन्। अब हुने खेलमा अनिवार्य रुपमा हेल्थ प्रोटोकलको पालना गर्नुपर्ने छ।

स्पेनको दोस्रो डिभिजनको फुटबल सेकुन्डा भने बुधबारबाटै सुरु भइसकेको छ।

एजेन्सी

प्रकाशित: Jun 11, 2020| 12:40 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।