मंगलबार, असार ३०, २०८३

बर्सिलोनाको सानदार कमब्याक

एजेन्सी– स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टिम मायोर्कालाई हराउँदै लिग लिडर बार्सिलोनाले सानदार कमब्याक गरेको छ। कोरोना महामारीपछि पुनः सुरु भएको लिगमा बार्सिलोनाले मायोर्कालाई ४–० ले हराउँदै सानदार कमब्याक गरेको हो।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

एजेन्सी– स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा घरेलु टिम मायोर्कालाई हराउँदै लिग लिडर बार्सिलोनाले सानदार कमब्याक गरेको छ।

कोरोना महामारीपछि पुनः सुरु भएको लिगमा बार्सिलोनाले मायोर्कालाई ४–० ले हराउँदै सानदार कमब्याक गरेको हो।

जितका लागि अथूरो भिडाल, मार्टिन ब्रेथवेट, जार्डी अल्वा र लियोनेल मेस्सीले १–१ गोल गरे।

भिडालले खेलको दोस्रो मिनेटमा नै गोल गरेर पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए। पहिलो गोलबाटै दबावमा परेको मायोर्कामाथि बार्सिलोनाका ब्रेथवेटले ३७ औं मिनेटमा अर्को गोल गरे। यसका साथै पहिलो हाफमा बार्सिलोनाले दुई गोलको अग्रता बनायो।

अल्वाले ७९ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले निर्धारित अवधिसम्म तीन गोल गरिसकेको थियो। तर इन्ज्युरी समयमा फरवार्ड मेस्सीले गोल गर्दा जित ४–० मा लम्बिएको थियो।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडलाई ५ अंकले पछि पारेको छ। २८ मा १९ जित र ४ बराबरी खेलेको बार्सिलोनाले एक खेल कम खेलेको रियललाई पछि पारेको हो। रियलले २७ खेलमा १६ जित र ८ बराबरी खेल्दै ५६ अंक बनाएको छ।

त्यस्तै गएराति सम्पन्न अन्य खेलमा, एस्पानोयलले अल्बेसलाई २–०को गोल अन्तरले हराएको छ। त्यस्तै सेल्टा भिगो भिल्ला रियलसँग १–० गालले पराजित हुँदा लेगानेसलाई भाल्डोइडले २–१ को गोलअन्तरले हराएको छ।

गएराति सम्पन्न खेल कडा स्वास्थ्य नियमकााबीच सम्पन्न भयो। रंगशालामा समर्थकको उपस्थिती बन्द गरिएको थियो भने मैदानमा थुक्न प्रतिबन्ध थियो।

यता रंगशालामा भने समर्थकका रेकर्डेड भ्वाइस सुनाउने, घरेलु टिमको रंग कुर्सीमा लगाउने, भर्चुअल समर्थक राख्नेलगायतका नयाँ काम गरिएको थियो। त्यस्तै, कोरोनाका कारण मृत्यु भएका मानिसको सम्झनामा एक मिनेट मौनधारण गरेर खेल सुरु गरिएको थियो।

प्रकाशित: Jun 14, 2020| 08:03 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।