नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहालले पार्टीको भागमा परेको पाँच सिटमा उम्मेदवारको टुंगो लगाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी जाने भएका छन्। सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आज हेलिकोप्टरमार्फत त्यसतर्फ जान लागेका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न...
ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा सोमबार आयोजित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै उहाँले राष्ट्र र जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि सोमबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ भने मंगलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ।
पाण्डे समूहका प्रवक्ता हरीशप्रसाद भट्टले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले आफूहरुलाई अन्याय गरेकोले उक्त निर्णय अस्वीकार्य भएकोले कानुनी परीक्षणका लागि सर्वोच्च अदालत जाने बताएका छन्।
नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको नाम टुंग्याएको छ। नेकपा एकीकृत समाजवादीको सोमबार बसेको बैठकले राष्ट्रिय सभाका लागि उम्मेदवाहरु टुंगो लगाएको हो।
नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटी बैठक पदाधिकारी चयन नगरी स्थगित भएको छ। माओवादीको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सोमबार बसेको थियो।
नेकपा माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन भएका छन्। सोमबार बसेको माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिला हिंसा, लैङ्गिक हिंसाका घटनामा संवेदनशील भएर अनुसन्धान गरी दोषीमाथि कारबाही चलाउन सरकारलाई निर्देशन दिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा महेश आचार्य, मिनेन्द्र रिजाल र चन्द्र चण्डारीलाई मनोनित नगरेकोप्रति आपत्ति जनाएका छन्।