काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा बिहीबार नयाँ बानेश्वरमा सांकेतिक प्रदर्शन गरिएको छ।
एमालेनिकट युवा संघ र युथ फोर्सले पेट्रोलियम पदार्थसहितका वस्तुमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरूले बिहीबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले सडकमै ‘कवाडी पसल’ राख्नेदेखि चिया पकाएर खानेसम्म गरेर मूल्यवृद्धिको विरोध गरेका हुन्।
मूल्यवृद्धिको कारण दैनिक जनजीवन असामान्य भएको र मोटरसाइकल स्कुटरजस्ता सवारी साधन चढ्नसमेत गाह्रो भएको उनहरूले बताएका छन्।
यससँगै सरकारका मन्त्रीहरुले आफ्नो पदीय मर्यादाविपरीतका कामहरु गरेको भन्दै आलोचनासमेत गरेका छन्।