काठमाडौं- सिंहदरबारको फोहोर नउठाएर संघीय सरकारसँग जोरी खोजिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबार अर्को पालिकामा सार्न सरकारलाई चुनौती दिएका छन्।
बिहीबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्- हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति , कला, सभ्यता चाहिन्छ, राजनीति हैन।'