शनिबार, माघ ५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ लिएको एक महिना पुग्नै लाग्दा पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद अझै पूर्ण आकारको हुन सकेको छैन।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

ntc landingntc landing

काठमाडौं- गत पुस १० गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरे।

himalayan bank box

त्यसपछि सत्ता सहयात्री नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्डलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरे। दुई दलको उक्त निर्णयसँगै प्रचण्डले पुन: विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भयो।

त्यसपछि उनले ६ चैतमा दोस्रो पटक विश्वासको मत लिए। दोस्रो पटक प्रचण्डलाई उनको दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा),नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलको समर्थन रह्यो।

विश्वासको मत पाएको लामो समयसम्म प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्न सकेनन्। चैत १७ गतेमात्रै प्रचण्डको मन्त्रिमण्डल विस्तार भयो। सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ लिएको एक महिना पुग्नै लाग्दा पनि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद अझै पूर्ण आकारको हुन सकेको छैन।

पहिलो चरणमा कांग्रेसबाट पूर्णबहादुर खड्का, प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ सरकारमा सहभागी भएका छन्। उपसभापति खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता महत अर्थमन्त्री, नेताहरू रिजाल उद्योगमन्त्री र गुरूङ सहरी विकास मन्त्री बनेका थिए।

अब भने कांग्रेसले आन्तरिक विवाद मिलाएर पार्टीको तर्फबाट मन्त्री बन्नेहरूको नाम लगभग टुंगो लगाएको छ। मन्त्रीको लिष्टमा संस्थापन इतर समूहबाट उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्य रहेका छन्। संस्थापन समूहबाट एनपी साउद र मोहनबहादुर बस्नेत अटाएका छन्।

यसअघि सम्मानजनक भाग नपाएको भन्दै नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले मन्त्रीको नाम नै दिन मानेका थिएनन्। कम्तीमा तीन मन्त्री आफूहरूले छान्न पाउनुपर्ने कोइराला-थापा समूहको माग थियो। उनीहरूको अडानपछि सभापति शेरबहादुर देउवाले तीन मन्त्री र एक राज्यमन्त्री छान्न संस्थापन इतर समूहलाई आग्रह गरेका थिए।

आज बिहान बालुवाटारस्थित नेता कोइरालाको निवासमा संस्थापन इतर समूहको बैठक बसेको थियो। केन्द्रीय कार्यसम्पादन बैठकले तय गरेको मापदण्डमा रहेर मन्त्री छान्ने सहमति बैठकमा भएको छ। कांग्रेसले नाम दिए प्रधानमन्त्री प्रचण्डले आज नै सरकार विस्तार गर्ने सम्भावना छ।
 

प्रकाशित: Apr 13, 2023| 13:35 बिहीबार, चैत ३०, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...