बुधबार, भदौ ३, २०८३

प्रतिनिधिसभाको बैठकमा आज पनि एमसीसी टेबल नहुने

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।

बैठकको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने विषय समेटिएको छ। तर, दैनिक कार्यसूचीमा एमसीसी राखिएको छैन। 

एमसीसी कार्यसूचीमा नरहेकाले आज पनि टेबल नहुने भएको हो। सत्ता गठबन्धन भित्रै विवाद सिर्जना भएपछि एमसीसी टेबल गर्ने पक्षमा रहेका प्रधानमन्त्री देउवा अप्ठ्यारोमा  परेका छन्।




प्रकाशित: Feb 18, 2022| 06:46 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...