बुधबार, भदौ ३, २०८३

एमसीसीबारे देउवा र ओलीबीच निर्णायक वार्ता

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा बैठक जारी छ।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच बालकोटमा बैठक जारी छ। देउवा र ओलीबीच एमसीसी पास गर्ने सन्दर्भमा निर्णायक वार्ता भइरहेको बुझिएको छ।

एक घण्टायता देउवा र ओली निरन्तर छलफलमा छन्। ओली निकट रामशरण बजगाईँका अनुसार एमसीसी अनुमोदनका सन्दर्भमै छलफल केन्द्रित छ।

त्यसबाहेक १४ जना सांसदको कारबाही र सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाका बारेमा समेत दुई नेताबीच छलफल भइरहेको छ।

प्रकाशित: Feb 17, 2022| 21:49 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...