बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • केपी ओलीसहित एमालेका ५ नेताले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

केपी ओलीसहित एमालेका ५ नेताले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले ओलीसहितका नेताहरूविरुद्ध उजुरी दर्ता गराएको हो।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उजुरी दर्ता भएको छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अनेरास्ववियूले  ओलीसहितका नेताहरूविरुद्ध उजुरी दर्ता गराएको हो। 

प्रधानमन्त्री रहेका बेला एमाले अध्यक्ष ओलीलगायतले विभिन्न प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ। तत्कालीन उपप्रधानमन्त्री समेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलविरुद्ध पनि विद्यार्थीहरूले उजुरी दर्ता गराएका छन्।

यस्तै ओली नेतृत्वको सरकारमा नै पर्यटनमन्त्री रहेका नेता योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध पनि भ्रष्टाचारमा उजुरी दर्ता भएको अख्तियारले जानकारी दिएको छ। ढकाल र पोखरेलले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ भने अर्यालले झापास्थित गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना गरेको आरोप लगाइएको छ। 

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को नाममा व्यापक अनियमितता गरेको आरोप नेकपा एस निकट विद्यार्थीको छ। 

प्रकाशित: Feb 17, 2022| 17:53 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...