मंगलबार, भदौ २, २०८३

एकीकृत समाजवादी र जसपाका नेता प्रचण्ड निवासमा

सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा छलफलमा जुटेका छन्।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा छलफलमा जुटेका छन्। एमसीसीको विपक्षमा रहेका नेताहरू खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन्। 

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी नेता नारायणकाजी श्रेष्ठ सहभागी छन्।

शुक्रबार बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसीको विपक्षमा रहेका सत्ता गठबन्धनका नेताहरू छलफलका लागि जुटेका हुन्। नेपाली कांग्रेस एमसीसी टेबल गर्नु पर्ने पक्षमा छ भने माओवादी, एकीकृत समाजवादी र जसपा एमसीसीको विपक्षमा छन्।

बिहीबार बेलुकी एकसीसीको पक्षमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि शुक्रबार बिहान १० बजे पुन: गठबन्धनका नेताहरू छलफलमा जुट्ने छन्। तर, गठबन्धनमा कुरा नमिल्ने संकेत देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद बढाएका  छन्।

प्रधानमन्त्री  देउवाले एमसीसीमा गठबन्धनमा एकमत नभएपछि गठबन्धनकै विकल्प खोज्ने संकेत देखाएपछि नेताहरू छलफलमा जुटेको बताइएको छ।

प्रकाशित: Feb 18, 2022| 09:27 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...