बुधबार, भदौ ३, २०८३

एमसीसीको विरोधमा बानेश्‍वरमा राँके जुलुस

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य साना वाम घटक सम्बद्ध युवाहरुले बिहीबार साँझ बानेश्वरमा राँके जुलुस निकालेका हुन्।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा बिहीबार साँझ बानेश्‍वरमा राँके जुलुस निकालिएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र अन्य साना वाम घटक सम्बद्ध युवाहरुले बिहीबार साँझ बानेश्वरमा राँके जुलुस निकालेका हुन्। 

करिब सय युवाहरुको सहभागितामा राँके जुलुस निकालिएपछि प्रहरीले रोक्‍न खोजेको थियो। राँके जुलुस निकाल्‍ने युवाहरुका कारण केही समय सडक अवरुद्ध भएको थियो। 


सरकारले एमसीसीलाई अन्तिम टुंगो लगाउने तयारी गरिरहेको समयमा सत्तामा रहेका दलहरुले नै आफ्ना भातृ संगठनमा रहेका युवाहरुलाई सडकमा उतारेका हुन्। 

एमसीसीको विरोधमा कम्युनिस्ट पार्टीहरुले बुधबार नेपाल बन्दको घोषणा गरेको थियो। नेपाल बन्दको घोषणासँगै बानेश्वर क्षेत्रमा एमसीसी विरोधीहरु उग्र बन्दै प्रहरीसँग झडप गरेका थिए। 


प्रकाशित: Feb 17, 2022| 18:42 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...