मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रकाशमानको छोराको बिहेमा सरिक हुन प्रधानमन्त्री देउवा चाक्सीबारीमा

प्रकाशमानको छोराको बिहेमा सरिक हुन प्रधानमन्त्री देउवा चाक्सीबारीमा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहको घर चाक्सीबारी पुगेका छन्। सिंह पुत्र भास्करमानको विवाह समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्।

प्रकाशमानका प्रेस संयोजक युपी लामिछानेका अनुसार प्रधानमन्त्री देउवा केहीबेर विवाह समारोहमा सहभागी भएर फर्किएका छन्।

विवाह समारोहमा सहभागी हुन कांग्रेसका अन्य शीर्ष नेताहरू पनि पुगेका छन्। कांग्रेस नेता शशांक कोइराला, प्रवक्ता डा. प्रकाशसरण महत, विमलेन्द्र निधिलगायत अन्य नेताहरू चाक्सिबारी पुगेका हुन्।


 





प्रकाशित: Feb 18, 2022| 09:46 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...