बुधबार, भदौ ३, २०८३

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्षबीनै सकिएको छ।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक निष्कर्षबीनै सकिएको छ।

एमसीसी सम्झौता अघि बढाउन सहमति जुटाउने प्रयासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठक कुनै टुंगोमा नपुगिकनै सकिएको छ। 

आफूहरूबीच ८ फागुनमा पुन: बैठक बस्नेगरी स्थगित भएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए। 'आजको बैठकबाट कुनै निष्कर्ष निस्किएन। अब फेरि ८ फागुनमा बैठक बस्ने सहमति भएको छ,' बैठकबाट बाहिरिँदै उनले भने।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गराउने प्रयासमा प्रधानमन्त्री देउवा लागिपरेका थिए। तर, सत्ता गठबन्धनका निरन्तरका बैठक निष्कर्षविहीन हुँदा देउवा अप्ठ्यारोमा परेका छन्।

उता, दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाले बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छन्। संसद्‌मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक वा प्रतिनिधि सहभागी हुने कार्यव्यवस्था परामर्श समितिले दिएको सुझावका आधारमा सभामुखले संसद बैठकको कार्यसूची तय गर्ने परम्परा छ। 

यद्यपि, आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी नहुने भएको छ। संसद् बैठकमा अवरोध जारी राख्ने उसले बताएको छ। 

प्रकाशित: Feb 18, 2022| 11:08 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...