बुधबार, भदौ ३, २०८३

गठबन्धनको बैठक लगत्तै ओली भेट्न बालकोट पुगे देउवा

सत्ता गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- सत्ता गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्। 

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सकिए लगतै देउवा ओलीलाई भेट्न बालकोट पुगेका हुन्। यसअघि नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि ओलीलाई भेट्न बालकोट पुगेका थिए। 

सत्तारुढ गठबन्धनको बिहीबारको बैठका अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतालाई संसद्‌मा लैजाने विषयमा सहमति जुट्‍न सकेको छैन। फागुन १६ भित्र एमसीसीलाई संसदीय अनुमोदन गराउनुपर्ने दबाबमा प्रधानमन्त्री देउवा छन्। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको संसद् बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव गरेका थिए। 

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने यथास्थितिमा एमसीसी टेबल गर्न नहुने बताएका थिए। 

प्रधानमन्त्री देउवाले प्रचण्डलाई यसअघि  एमसीसीको मुख्यालयलाई संयुक्त पत्र बुझाएको विषयमा स्मरण गराउँदै एमसीसीको मुद्दा धेरै लम्ब्याउन नहुने र तत्काल टुंग्याउनुपर्ने बताएका हुन्। 

यसअघि फागुन ४ गते नै एमसीसी टेबल गर्ने सहमति भएको बताइए पनि अन्तिम समयमा प्रचण्डले नै फागुन ६ गते अघि बढाउने र त्यसअघि दलहरुबीच छलफल गरेर सहमति जुटाउने बताएपछि देउवा ब्याक भएका थिए।

सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ। 

प्रकाशित: Feb 17, 2022| 20:45 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...