बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय चुनावमा भाग लिने दललाई फागुन १५ सम्ममा दल दर्ता हुन आह्वान

स्थानीय चुनावमा भाग लिने दललाई फागुन १५ सम्ममा दल दर्ता हुन आह्वान

निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सूचना जारी गरेको हो।
 |  बिहीबार, फागुन ५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ५, २०७८

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलहरुलाई दल दर्ताका लागि सूचना जारी गरेको छ। निर्वाचन आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहेमा फागुन १५ गतेभित्र दल दर्ता गर्न सूचना जारी गरेको हो। 

बिहीवार आयोगले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिसक्नुपर्ने बताए।

‘निर्वाचन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुले आयोगमा दर्ता गर्नुपर्ने कानूनी व्यवस्था भए अनुसार यही फागुन १५ गतेभित्रमा निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले आफ्नो दल दर्ता गर्नका लागि मिति २०७८ फागुन ५ मा सूचना जारी भएको छ,’ उनले भने। 

आयोगका प्रवक्ता पौडेलले पछिल्लो समय आयोगमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको र आयोगमा हालसम्म दर्ता भएको दलको संख्या १०६ पुगेको जानकारी दिए। आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ। सो निर्देशिका अनुसार सम्बन्धित पालिकास्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरीने जनाइएको छ। 

प्रवक्ता पौडेलले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लगत अनुमान स्वीकृत गरी खरिद प्रक्रिया अगाडि बढाइएको छ। त्यस्तै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरुको स्पेसिफिकेशन पनि आयोगबाट स्वीकृत भएको उहाँले जानकारी दिए। 

आयोगले जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ती गर्न तथा अन्य सेवाका राजपत्रांकित अधिकृतहरुलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्न फागुन १५ गतेसम्म आयोगमा नामावली उपलब्ध गराउन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ। 

मतदाता शिक्षा कार्यक्रमका लागि निर्वाचन केन्द्रीत गिति सन्देश, संवादमुलक शन्देश, लघु कथा आदि लेखन प्रतियोगिता सञ्चालन गर्ने सुचना प्रकाशन भइसकेको र उत्कृष्ट रचनालाई नगद पुरस्कार एवं प्रमाणपत्रको पनि व्यवस्था गरिएको आयोगले जनाएको छ। स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायतका लागि आयोगले बुधवार नेपालस्थित विभिन्न २० वटा राजनीतिक नियोगहरु तथा विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ । आयोगका प्रवक्ता पौडेलले केही विकास साझेदार संस्थाहरुले आयोगलाई सहायता दिन तयार रहेको बताएको जानकारी दिए। यस वर्षको निर्वाचन दिवस ‘सबै, सधैँ र सँगै’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी फागुन ६, ७ र ८ गते मनाउन लागिएको पनि निर्वाचन आयोगले बताएको छ।

प्रकाशित: Feb 17, 2022| 18:00 बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...