त्रिभुवन आर्मी क्लबले पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै आर्मीले उपाधि आफ्नो पोल्टामा पारेको हो।
नेपाल क्रिकेट एसोसिएसन(क्यान)ले एसीसी इस्टर्न रिजन पुरुष टी-२० कप खेल्न थाइल्यान्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच टोलीको बिदाइ गरिएको हो।
सन्दीप लामिछानेले विश्व ११ विरुद्ध खेल्ने भएका छन्। बंगलादेश क्रिकेट बोर्डको आयोजनामा हुने विश्व ११ विरुद्ध एसिया ११ मा नेपाली स्पिनर सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने भएका हुन्।
आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायन आउने भएका छन्। केभिनलाई काठमाडौं किंग्स इलाभेनले आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ।
साफेबगरमा सोमबार सम्पन्न प्रथम प्रदेशस्तरीय खुला पुरुष भलिबलको उपाधि प्रमुख प्रशासकीय अधिकृतको टिमले जितेको छ। फाइनलमा आयोजक गिरिजाप्रसाद कोइराला फाउन्डेसनलाई ३-१ को सेटले पराजित गर्दै अधिकृतको टोलीले उपाधि आफ्नो पक्षमा...
दोस्रो संस्करणको मनोरन्जन शर्मा अवार्डबाट कुल बहादुर थापा र सरस्वती चौधरी सम्मानित भएका छन्। एक वर्षसम्म भलिबलमा सर्वाधिक राम्रो योगदान दिने खेलाडीलाई यो सम्मानद्वारा सम्मानित गरिन्छ।
ललितपुर प्याट्रियट्सले यसअघि श्रीलंकाका पूर्वकप्तान उपल थरङ्गालाई भित्र्याइसकेको छ। प्रतियोगिताको नियमअनुसार प्रत्येक टिमले कम्तीमा तीन जना विदेशी खेलाडी राख्नुपर्नेछ।
अमेरिकी स्पोर्टस एवम् स्पोर्टस कल्चर वेभसाइट ‘ब्लेचर पोस्ट’ले हालसालै सार्वजनिक गरेको एक अध्ययन अनुसार ट्विटरबाट सबैभन्दा धेरै कमाउने खेलाडी हुन्, पाेर्चुगलका क्रिस्टियानो रोनाल्डो ।