आइतबार, चैत ८, २०८२

तलब कटौतीपछि मेस्सीले भने- क्लबलाई सहयोग गर्न तयार छौँ

स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलब कटौती गरिने भएको छ।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

स्पेनिस ला लिगाको साविक विजेता बार्सिलोनाका खेलाडीको ७० प्रतिशत तलब कटौती गरिने भएको छ। कोरोना भाइरस संक्रमण समयको तलब कटौती गर्न खेलाडी राजी भएपछि लियोनल मेस्सी लगायत सबै खेलाडीको सेवामा कटौती गरिएको हो।

National life

तर क्लबका खेलाडी र बोर्ड अफ डाइरेक्टरका सदस्यबाहेकका कर्मचारीले भने पूरै तलब पाउने भएका छन्। कर्मचारीलाई तलब प्रदान गर्नका लागि खेलाडीहरुले अतिरिक्त सहयोग गर्ने पनि बताइएको छ।

कोरोना भाइरस रोकथामका लागि एक मिलियन यूरो सहयोग गरिसकेका फरवार्ड मेस्सीले भने, 'हामी कसरी क्लबलाई सहयोग गर्न सक्छौं भनेर हेरिरहेका थियौं।'

बार्सिलोना द्वारा जारी गरिएको विज्ञप्तिमा मेस्सीले भनेका छन्, 'अगाडि बढ्नुभन्दा पहिले हामी (खेलाडी) क्लबलाई सहयोग गर्नका लागि तलब काट्ने कुरामा सहमत भइसकेका थियौँ। किनभने हामीलाई थाहा थियो, क्लब संकटमा छ। खेलाडी क्लबलाई सहयोग गर्न सँधै तत्पर छन्। हाम्रो ७० प्रतिशत तलब काट्ने कुरा भएको छ। तर यदि क्लबलाई चाहिएको खण्डमा हामी सबै तलब क्लबलाई प्रदान गर्न पनि सक्छौ ।'

क्लबका बोर्ड डाइरेक्टर, स्पोर्ट्स टिमका सदस्य र बास्केटबलका खेलाडीको पनि तलब काटिने भएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै इटालियन क्लब युभेन्टसका खेलाडी र प्रशिक्षक माउरिजियो सारीको पनि ४ महिनाको तलब काटिएको छ।

जर्मनी बुन्डेसलिगाका दुई क्लब बायर्न र बोरुसोया डर्टमुन्डले पनि खेलाडीको तलब कटौती गरेका छन्।

 

प्रकाशित: Mar 31, 2020| 11:21 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।