सोमबार, भदौ २९, २०८३

एशिया कप जितेपछि भारतीय महिला टिमले किन लिएन ट्रफी ?

 |  सोमबार, भदौ २९, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २९, २०८३

काठमाडौं- एसिया कप महिला क्रिकेटको उपाधि जितेपछि भारतीय महिला टोलीले एसियन क्रिकेट परिषद्का अध्यक्ष तथा पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको छ।

भारतले फाइनलमा श्रीलंकालाई ७२ रनले हराउँदै आठौँ पटक एसिया कपको उपाधि जितेको थियो।

पुरस्कार वितरण समारोहमा नकवी ट्रफी लिएर मञ्चमा उपस्थित भए पनि भारतीय टोलीले उनीबाट ट्रफी लिन मानेन। त्यसपछि ट्रफी नदिई नै पुरस्कार वितरण समारोह सकिएको थियो। नकवी श्रीलंकाकी कप्तान चमारी अटापट्टुलाई उपविजेताको पुरस्कार हस्तान्तरण गरेपछि मञ्चबाट बाहिरिएका थिए।

नकवी बाहिरिँदै गर्दा रंगशालामा उपस्थित केही समर्थकले उनीविरुद्ध नाराबाजीसमेत गरेका थिए। भारतीय टोली यसअघि पनि सन् २०२५ को पुरुष एसिया कप जित्दा नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो।

दुबईमा भएको महिला एसिया कपको फाइनलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनाएको थियो। जवाफमा श्रीलंका २० ओभरमा १११ रनमै अलआउट भएको थियो।

यस जितसँगै भारत महिला एसिया कप इतिहासकै सबैभन्दा सफल टोली बनेको छ। भारतले अहिलेसम्म १० पटक फाइनल खेलेकोमा आठ पटक उपाधि जितेको छ। सन् २०२६ को प्रतियोगितामा भारत सुरुदेखि फाइनलसम्म अपराजित रहेको थियो।

प्रकाशित: Sep 14, 2026| 10:07 सोमबार, भदौ २९, २०८३
प्रतिक्रिया दिनुहोस्