मंगलबार, असार ३०, २०८३

कोरोनाबाट बेलायती बक्सर एन्थोनीका पिता र हजुरआमाको निधन

बेलायती बक्सर एन्थोनी यार्डको परिवारका दुई सदस्यको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

एजेन्सी- बेलायती बक्सर एन्थोनी यार्डको परिवारका दुई सदस्यको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

विश्व्यापी महामारी कोरोना भाइरसले शनिबार उनकी हजुरआमाको मृत्यु भएको हो। यसअघि शुक्रबार पिताको मृत्यु भएको थियो।

आफ्नो परिवारकाका दुई सदस्यको कोरोनाका कारण मृत्यु भएको पुष्टि गर्दै २८ वर्षीय बक्सर एन्थोनीले भनेका छन्, ‘घरमै बस्नुहोस्’

उनले सामाजिक सञ्जालमा लेखेका छ, ‘कोरोना भाइरसको संक्रमणबाट मेरा बुवा र हजुरआमाको निधन भएको छ।’

उनले अगाडि लेखेका छन्, ‘यो गम्भीर कुरा हो, धेरै मानिसहरु अत्यावश्यक नहुँदा पनि घर बाहिर गइरहेका छन्, मलाई थाहा छ, धेरैका फरक बिचार होलान् कोराना भाइरसबारे, तर म भन्न चाहन्छु, घरमै बस्नुहोस् र जोगिनुहोस्।’

एन्थोनीका अनुसार उनका पिताको स्वास्थ्य यसअघि ठिक थियो।

प्रकाशित: Apr 04, 2020| 17:44 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।