मंगलबार, असार ३०, २०८३

बटलरले विश्वकप खेलेको जर्सी लिलामीमा राखे

इंग्ल्यान्डको क्रिकेट टोलीका विकेटकिपर जोस बटलरले विश्वकप फाइनल खेल्दा प्रयोग गरेको जर्सी लिलामी गर्ने भएका छन।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

इंग्ल्यान्डको क्रिकेट टोलीका विकेटकिपर जोस बटलरले विश्वकप फाइनल खेल्दा प्रयोग गरेको जर्सी लिलामी गर्ने भएका छन।

उनले लिलामीबाट आएको रकम कोरोनाभाईरस (कोभिड-१९) को जोखिमविरुद्द लड्नका लागि अस्पताललाई सहयोग गरिने बताएका छन।

‘रोयल ब्रम्प्टन र हारफिल्ड हस्पिटलका लागि कोष संकलन गर्न मैले विश्वकप फाइनलमा लगाएको टी-सर्ट लिलामीमा राखेको छु,’ उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन, ‘गत साता ती अस्पतालले जीवन रक्षाका उपकरण उपलब्ध गराउन आपतकालीन सहयोग माग गरेका थिए।’

बढाबढ हुँदै जाँदा मंगलबार रातिसम्ममा उनको जर्सीको मूल्य ६१ हजार १०० पाउन्ड पुगेको छ।

उक्त टी(सर्टमा विश्वकप स्क्वाडमा रहेका सबै खेलाडीले हस्ताक्षर गर्ने बताइएको छ।

विश्वकप फाइनलमा बटलरले स्ट्याम्पमा प्रहार गर्दै न्युजिल्यान्डका मार्टिन गुप्तिललाई रन आउट गराएका थिए। त्यससँगै फाइनल खेल सुपर ओभरमा लम्बिएको थियो। सुपर ओभरमा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्डले पहिलोपटक एक दिवसीय विश्वकप जितेको थियो।

प्रकाशित: Apr 01, 2020| 09:50 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।