आइतबार, चैत ८, २०८२

विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२२ सम्म स्थगित

सन् २०२१ को अगस्ट ६ देखि(१५ मा हुने तय भएको विश्व एथ्लेटिक्स च्याम्पियन्सिप एक वर्ष पछि सरेको छ। अमेरिकामा हुने निश्चित भएको प्रतियोगिताको मिति टोकियो ओलम्पिकसँग जुध्न गएकाले सारिएको बताइएको छ।
 |  बुधबार, चैत १९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १९, २०७६

सन् २०२१ को अगस्ट ६ देखि(१५ मा हुने तय भएको विश्व एथ्लेटिक्स च्याम्पियन्सिप एक वर्ष पछि सरेको छ। अमेरिकामा हुने निश्चित भएको प्रतियोगिताको मिति टोकियो ओलम्पिकसँग जुध्न गएकाले सारिएको बताइएको छ।

National life

कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण केही दिन अघिमात्र टोकियो ओलम्पिक एक वर्ष सारिएको थियो। अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ बाट अगस्ट ८ सम्म हुने तय भएको छ। तर सोही मितिमा विश्व एथ्लेटिक्स च्याम्पियनसिप परेकाले एक वर्ष धकेल्नु परेको विश्व एथ्लेटिक्स संघले जनाएको छ।

वर्ल्ड एथ्लेटिक्सले भनेको छ, हामी ओलम्पिकको नयाँ तारिकको स्वागत गर्दछौं। यसले हाम्रा खेलाडीलाई ट्रेनिङको लागि पर्याप्त समय मिल्नेछ। हामी कमनवेल्थ गेम्स फेडेरेसनसँग पनि सल्लाह गरेर नयाँ मिति सार्वजनिक गर्नेछौं। किनकी बर्मिङ्घममा २०२२ म जुलाई २७ बाट अगस्ट ७ सम्म कमनवेल्थ गेम्स छ।

त्यस्तै स्पेनमा हुने भनिएको ब्याड्मिन्टन च्यान्पिएन्सिप पनि शंकाको घेरामा परेको छ। प्रतियोगिता सन् २०२१ को टोकियो ओलम्पिककै समयसँग जुधेको छ। ब्याडमिन्टन विश्व फेडेरेसनले पनि आफ्नो प्रतियोगिता सर्न सक्ने बताएको छ। उसका अनुसार विश्व च्याम्पियनसिप सर्नैपर्ने थियो । अब सल्लाह गरेर प्रतियोगिताबारे निर्णय लिने उसले बताएको छ ।

प्रकाशित: Apr 01, 2020| 12:01 बुधबार, चैत १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।