मंगलबार, असार ३०, २०८३

मैदानमा खेल नभएपछि ई–स्पोर्ट्सका प्रयोगकर्ता बढे

अमेरिकन टेलिकम्युनिकेसन कम्पनी भेरिजनका अनुसार मार्च पहिलो सातामै भिडियो गेम्सका प्रयोगकर्ता ७६ प्रतिशतले बढेका छन्।
 |  सोमबार, चैत २४, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत २४, २०७६

अमेरिकन टेलिकम्युनिकेसन कम्पनी भेरिजनका अनुसार मार्च पहिलो सातामै भिडियो गेम्सका प्रयोगकर्ता ७६ प्रतिशतले बढेका छन्। बडी लाइभ स्ट्रिमिङ, यू–ट्युब गेमिङ र ट्विच हेर्ने मानिसको संख्या १० प्रतिशतले बढेको कम्पनीनको भनाइ छ।

कोरोना भाइरस (कोभिड–१९)संक्रमणले विश्वका लगभग सबै देशमा खेल गतिविधि बन्द छन्। यस्तो अवस्थामा ई–स्पोर्ट्स अथवा अनलाइन गेमिङ लगातार बढिरहेका छन्।

खैलाडी खेल मैदानबाट धेरै टाढा छन्। तर, भर्चुअल मैदानमा भने खेलाडीले आफ्नो प्रदर्शन देखाइरहेका छन्। ई–स्पोर्ट्मै रमाउने खेलाडीबाहेक अन्य खेलका खेलाडी पनि यसमा जोडिएका छन्।

शनिबार इंग्ल्यान्डका क्रिकेट खेलाडी बेन स्टोक्सले अनलाइन फर्मुला–१ मा भाग लिए। उनले धावक चार्ल्स लेकलेर्क र एलेक्स एलबोनका साथ फर्मुला–१ ई–स्पोर्ट्स रेसमा भाग लिएका थिए। पछिल्लो महिनामा लेकलेर्क र एलबोन भर्चुअल सामग्रीमा सहभागी भएका थिए। यसलाई विश्वका हजारौं मानिसले हेरेका थिए।

स्पेनको भिडियो गेम विश्लेषक कम्पनी स्ट्रिम हेटच्याटले ई–स्पोर्ट्सको दर्शक पनि बढेको जनाएको छ। हेटच्याटका अनुसार अक्टोबर, नोभेम्बर र डिसेम्बरको तुलनामा जनवरी, फेबु्रअरी र मार्च ई–स्पोर्ट्सका दर्शक एक तिहाईले बढेका छन्।
पछिल्लो तीन महिनाको तथ्यांकमा ई–स्पोर्टसको प्रयोगकर्ता ३७ प्रतिशतले बढेका छन्।

कति खेलाडीले त अनलाइन गेमिङको माध्यमबाट च्यारिटी पनि जुटाइरहेका छन्। केही ब्रोडकास्टरले पनि ई–स्पोर्ट्सको आयोजना देखाइरहेका छन्।

ई–स्पोर्ट्स क्यालेन्डरमा सबैभन्दा राम्रो समय

उत्तरी अमेरिकाको सबैभन्दा ठूलो ई–स्पोर्ट्स टुर्नामेन्ट लिग अफ लेजेन्ड्स च्याम्पियनसिप सिरिजका अनुसार अनलाइन गेमिङको लागि विश्वभरका दैनिक ८० लाख मानिसले लग–इन गरेका छन्। यो ई–स्पोर्ट्स क्याडरको लागि सबैभन्दा सही समय सावित भएको छ।

आई–रेसिङलाई ९ लाख टेलिभिजन दर्शक

एनबी गेमिङ कम्पनीका सीईओ माइक रुफेलले भने, “यो अनलाइन गेमिङ इन्डस्ट्रीलाई बढाउने समय भएको छ ।”

एनबी गेमिङ विश्वकै आठौं सबैभन्दा भ्यालुएवल ई–स्पोर्ट्स संस्था हो। अमेरिकामा कार रेसिङलाई लिएर स्टक कार अटो रेसिङको राष्ट्रिय संस्था नेसकारले पनि आई–रेसिङको अनलाइन लिग सुरु गरेको थियो। यो लिग टीभीमा ९ लाखभन्दा धेरै मानिसले हेरेको बताइएको छ। यो सबैभन्दा धेरै हेरिने ई–स्पोर्ट्ससमेत हो।

अमेरिकामा आर्मी, वायुसेना र जलसेनाको आफ्नै ई–स्पोर्ट्स टिम

यूएस नेवी (जलसेना)ले भर्खरै ‘गोट्स एन्ड ग्लोरी’ नामक ई–स्पोर्ट्स टिम बनाएको छ। यूएस आर्मी र एयरफोर्स (वायुसेना)को पहिलेबाटै टिम थियो।

नेबी रिक्रुटिङ कमान्डका चिफ एवम् बजार अधिकारी क्याप्टेन म्याट स्मोक बोरेन भन्छन्, “अब ई–स्पोर्ट्सको उद्योग अर्बाैं डलरको भएको छ। जहाँ काफी सम्भावनाहरू छन्।”

त्यस्तै केविन डुरन्ट र लुका डोनकिचलगायत धेरै एनबीए स्टारले पनि च्यारिटीका लागि ‘एनबीए २, २०२०’ लिगमा हिस्सा लिन सुरु गरिसकेका छन्। यो लिगमा टेलिकास्ट पनि हुने बताइएको छ।

राष्ट्रिय फुटबल लिग (एनएफएल)ले पनि अनलाइन खेल सुरु गरेको छ।

एजेन्सी

प्रकाशित: Apr 06, 2020| 14:48 सोमबार, चैत २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।