मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लकडाउन तोडेर बिरामी छोरो भेट्न गएका बायर्नका डिफेन्डरलाई जरिवाना

लकडाउन तोडेर बिरामी छोरो भेट्न गएका बायर्नका डिफेन्डरलाई जरिवाना

जर्मन क्लब बायर्न म्युनिखले बन्दाबन्दी (लकडाउन) तोडेको आरोपमा डिफेन्डर जेरोमे बोयटेङलाई जरिवाना गराएकाे छ।
 |  शनिबार, चैत २२, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत २२, २०७६

जर्मन क्लब बायर्न म्युनिखले बन्दाबन्दी (लकडाउन) तोडेको आरोपमा डिफेन्डर जेरोमे बोयटेङलाई जरिवाना गराएकाे छ।

सरकारले जारी गरेको लकडाउनमा बिरामी छोरालाई भेट्न गएपछि डिफेन्डर जेरोमे बोयटेङ जरिवानामा परेका हुन्। ३१ वर्षीय डिफेन्डरले क्लबको गाइडलाइन इस्यु तोडेर आफ्नो घरभन्दा टाढा पुगेका छन्। 

फैलँदो कोरोना भाइरसका कारण जर्मनमा लकडाउन हुने बाभेरिया पहिलो राज्य हो। लकडाउनमा हिँड्दा जरिवाना तिर्नुपरेकोमा दुःख लागे पनि क्लबको निर्णय आफूले स्वीकारेकाे उनले बताएका छन्।

“मलाई थाहा छ– मेराे यात्राबारे क्लबलाई सूचना थिएन। तर, त्यो समयमा छोरा मात्र मेरो दिमागमा थियो,” उनले भने, “अहिले उसकाे स्वास्थ्य अवस्था राम्रो छैन। जब छोराले फोन गरेर मलाई बोलाउँछ, मैले समय नहेरी जानुपर्छ।”

लकडाउनमा हिँडेर जरिवाना तिर्ने उनी बायर्नका पहिलो खेलाडी हुन्।

यता क्लबले मर्यादा जोगाउन खेलाडीलाई सजाय दिनुपरेको बताएको छ।

एजेन्सी

प्रकाशित: Apr 04, 2020| 13:53 शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।